साप्ताहिक संवाददाता
ठमेलस्थित सेनेट क्बल एन्ड लाउन्जले युक्रेनी सुन्दरी डिजे कीरा एम्बरलाई नेपाली दर्शकमाझ प्रस्तुत गर्दैछ । शुक्रबार क्लबमा म्युजिक एन्ड डान्सका लागि युरोप र एसियामा चिनिएकी कीराले प्रस्तुति दिनेछिन् । साँझ ७ बजे प्रारम्भ हुने उक्त इभेन्टमा महिलालाई ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ । पुरुषका लागि १ हजार शुल्क लाग्ने जानकारी दिँदै क्लबका सञ्चालक छेतेन लामा भन्छन्— यसमा एउटा ड्रिंक्स पनि पाइनेछ । डिजे किरासँगै डिजेहरू फिन्जोक, नोर्चेन, विधान तथा रजन र सोनामले समेत प्रस्तुति दिनेछन् ।
ओपन हाउसमा प्रयत्न
पोखरा चिप्लेढुङ्गास्थित ओपन हाउन रेस्ट्रो एन्ड लाउन्ज बार (गजल साँझ) ले आज शुक्रबारदेखि आफ्नो ३१ औं वार्षिकोत्सव मनाउँदैछ । विक्रम संवत् २०४५ मा स्थापित ओपन हाउसको वार्षिकोत्सव विशेष कार्यक्रम साऊन ३२ गतेसम्म चल्ने बताइएको छ । वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत आज शुत्रबार प्रयत्न श्रेष्ठले दिनेछन् भने भोलि शनिबार नीलिमा थापामगरको प्रस्तुतिमा रम्न पाइनेछ । बेलुका साढे ७ बजेदेखि राति ११ बजेसम्म चल्ने उक्त सांगीतिक प्रस्तुतिका क्रममा ओपन हाउसका नियमित कलाकारहरूसमेत सहभागी हुनेछन् ।