साप्ताहिक संवाददाता
कल्पना कुसुम, गायिका
केमा व्यस्त हुनुहुन्छ ?
एउटा तीज गीतको सुटिङ सकियो, अब अर्को गीतको सुटिङको तयारीमा छु ।
कतिवटा तीज गीत बजारमा ल्याउँदै हुनुहुन्छ ?
यसपालि एउटा मात्र, जसमा मेरो एकल स्वर छ ।
तपाईंका धेरैजसो तीज गीत एकल स्वरमै आउँछन् नि ?
तीज गीतमा दोहोरी हुनुपर्छ भन्ने मान्यता राख्दिनँ म । अर्को कुरा मलाई तीजको गीत पुरुषले गाएको मन पर्दैन ।
तपाईंलाई सांगीतिक क्षेत्रमा चिनाएको गीत कुन हो ?
आजभन्दा ४ वर्षअघि सार्वजनिक भएको तीज गीत ‘यसपालिको तीजमा मैले त लेहेंगा लगाउँछु’ सार्वजनिक भएको थियो । त्यो गीतले नै मलाई चिनाएको थियो । त्यसबाट मैले उत्कृष्ट नवगायिकाको तीज गीत अवार्ड समेत प्राप्त गरेकी थिएँ ।
आफ्नो सिर्जनामा निखार ल्याउन अरूको सिर्जना कक्तिको हेर्नुहुन्छ ?
धेरै हेर्छु । म धेरैजसो स्टेज कार्यत्रमको उद्घोषणमा व्यस्त हुन्छु । त्यसैले अन्य सर्जकको पनि गीत सुनिरहेकी हुन्छु ।
गीत–संगीतका अतिरिक्त के गर्नुभएको छ ?
म शिक्षण पेसामा फनि आबद्ध छु । त्यसैले गीत–संगीतका अतिरिक्त कलेज अनि मेला–महोत्सवका स्टेज कार्यत्रमहरूमा व्यस्त हुन्छु ।
स्टेज कार्यक्रमका लागि कुन– कुन देश पुग्नुभएको छ ?
चीन, भारत र अस्ट्रेलिया ।