साप्ताहिक संवाददाता
श्रावण ११, २०७६
टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीले टेक्सास म्युजिक फेस्ट—२०१९ को आयोजना गरेको छ । आज शनिबार कालोपुलस्थित वेस्ट भेन्युमा प्रस्तुत हुने ऊक्त सांगीतिक कार्यत्रममा फ्युजन मन्त्र ब्यान्ड, भ्वाइस अफ नेपाल सिजन–१ का सहभागीमध्येका आशिष गुबाजु तथा स्ट्यान्डअप कमेडीका राजा राजेन्द्र पोखरेलले प्रस्तुति दिनेछन् ।
बिहान १० बजेदेखि सुरु भएको यो कार्यक्रम साँझ ५ बजेसम्म चल्ने छ । ऊक्त कार्यत्रमका आकर्षकमा लाइभ कन्सर्ट, रेट्रो शो गेम्स, स्पोन्सर स्टल फोटो बुट, फुड स्टल आदि समेत रहने छन् । यो कार्यक्रममा सहभागिता जनाउन ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।