साप्ताहिक संवाददाता
गीतकार अम्बिका गुरुङ नयाँ गीतको म्यूजिक भिडियोका साथमा बजारमा आएकी छिन् । ‘तिम्रो साहारा’ बोलको गीत लिएर बजारमा आएकी गीतकारको सार्वजनिक गीतमा शंकर थापाले संगीत दिएका छन् ।
चलचित्र ‘क्याप्टेन’मा समावेश ‘सक्दिनँ कि बाँच्न’ बोलको गीत गाएर चर्चामा आएका गायक सुमन केसी र गायिका दीपा लामाले आवाज दिएका छन् ।
यो गीतको म्यूजिक भिडियोलाई पनि आकर्षक बनाइएको छ । अर्जुन अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।
भिडियोमा समिम खान र उकुशा गिरीलाई देख्न सकिन्छ । समिमले केही हिन्दी गीतका म्यूजिक भिडियोमा समेत मोडलिङ गरिसकेका छन् ।
भिडियोमा समिम र उकुसाको प्रेमलाई आकर्षक तरिकाले देखाइएको छ । यूवायूवती प्रेममा परेपछि हुने प्रेमको आशक्ती र उत्पन्न हुने भावनामा नै यो गीत तयार पारिएको छ ।
गीतको म्यूजिक भिडियो :