साप्ताहिक संवाददाता
अभिनेत्री स्वस्तिमा खड्का पछिल्ला केहि वर्षदेखि कडा रुपमा प्रस्तुत हुन थालेकी छिन् । बेला–बेलामा उनले दिने अभिव्यक्तीले मिडिया तातेको हुन्छ । कहिले पत्रकार सम्मेलनमा ढिला पुग्ने, कहिले अन्तरवार्ता दिन्छु भनेर व्यस्त रहेको बताउने, कहिले दिनभरी युट्युवमा अन्र्तवार्ता दिने तर राती युट्युबमा आउने कन्टेन्टका विषयमा खरो रुपमा उत्रिने स्वस्तिमा पटक–पटक आलोचित हुने गरेकी छिन् ।
हालै एक मिडियालाई उनले निकै खरो रुपमा अभिव्यक्ती दिएकी छिन् । यो अभिव्यक्तीले फेरी मिडिया तताएको छ । उक्त अन्र्तवार्तामा उनले युट्युबरहरु पत्रकार होइनन् भनेकी छिन् । ‘मैले व्यक्त गरेका विचारप्रति मलाई पछुतो छैन । एउटा क्यामेरा र माइक बोकेर कसले के भन्छ र कन्ट्रोभर्सियल कुरा गर्छ भनेर पर्खेर बस्नेलाई म पत्रकार भन्दिनँ ।’
उनले आफुले पत्रकारलाई विश्वास गरेपनि युट्युबरलाई नगर्ने बताइन् । उनले युट्युबरहरुप्रति विश्वास हराएको बताइन् । सुनेकै कुरा हो, नेपालका नाम चलेका मिडियादेखि अन्र्तवार्ताका लागी गएका फोनलाई रिजेक्ट गर्ने र नानाथरी बोल्ने स्वस्तिमाले त्यो कुरा बिर्सिइन् त ?
आफ्नो चलचित्र प्रदर्शनका बेलामा मख्ख परेर तिनै युट्युबरहरुसँग भोक भोकै अन्र्तवार्ता दिने स्वस्तिमाले आगामी चलचित्रको प्रदर्शनका बेलामा उनिहरुसँग कस्तो व्यवहार देखाउँछिन् ?
हामी चुप लागेर त्यो दिनलाई कुरौं है त ?