साप्ताहिक संवाददाता
चीनको सांघाइमा सम्पन्न भएको किड्स सुपर मोडल–२०१९ शीर्षकको अर्न्तराष्ट्रिय प्रतियोगितामा नेपालका अभिषेक घिमिरेले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । यसका साथै घिमिरेले ब्रोन्ज एवार्ड समेत जितेका छन् ।
उक्त प्रतियोगितामा इशिका चौधरी तथा श्रृष्टि लिम्बुले ट्यालेन्ट राउन्डमा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । उनीहरु दुबैले सिल्वर एवार्ड पनि प्राप्त गर्न सफल भए । इशिकाले भने भारतलाई प्रतिनिधित्व गरेको थिइन् ।
उक्त प्रतियोगितामा प्रि–टिनतर्फ रेश लिम्बु तथा गुञ्जना महर्जनले ब्रोन्ज तथा सिल्बर एवार्ड जित्न सफल भए । उक्त प्रतियोगितामा विश्व भरिबाट ५० वटा देशका बालबालिकाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालबाट ‘ट्यालेन्ट स्टार नेपाल २०१९ ’ का विजेताहरु ले पहिलो पटक प्रतिनिधित्व गरेका हुन् ।
उनीहरुलाई परिवर्तन इभेन्ट हाउस, बाबा एजुकेशन कन्सल्टेन्सी तथा सुनौलो सपना नेपालले उक्त अन्तर्राष्ट्रिउ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराएका हुन् । यसैबीच हिजो शनिवार आयोजक संस्थाले एउटा कार्यक्रम आयोजना गर्दै सहभागि बालबालिकाहरुलाई सम्मान गरेको छ ।