साप्ताहिक संवाददाता
लिभिङ विथ आइसिटीको आयोजनामा हुन लागेको आइसिटी एवार्ड–२०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ५ को घोषणा गरिएको छ । यसअन्तर्गत स्टार्टअप आइसिटी एवार्ड, प्रोडक्ट आइसिटी एवार्ड तथा राइजिङ स्टार आइसिटी एवार्ड विधामा उत्कृष्ट ५ को घोषणा भएको हो ।
यसअध्ये स्टार्टअप आइसिटी एवार्ड–२०१९ विधामा ई–डिजिटल नेपाल, हाम्रो टेक्नोलोजी, खाली सिसी म्यानेजमेन्ट, युजी केक्स तथा वाकम्यान ‘ग्रिन क्वेन्स’ अन्तिम चरणमा पुग्न सफल भएका छन् । त्यस्तै प्रोडक्ट आइसिटी एवार्ड–२०१९ विधामा विधामा डेल्टा सेल्स एप, इन्सपेला, एमबैंक तथा मेडि लो सिस्टम एन्ड सर्भिसेस अन्तिम चरणमा पुग्न सफल भएका छन् । अर्को विधा राइजिङ स्टार आइसिटी एवार्ड–२०१९ मा हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान एवं वाटर टेस्टर एप अन्तिम चरणमा पुगेका छन् ।
तीनै विधाका उत्कृष्ट ५ का लागि आगामी साउन १८ गते राति १२ बजेसम्म अनलाइन तथा एसमएस भोटिङ गर्न सकिने एवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले जानकारी दिए । अनलाइन तथा एसएमएस भोटिङका लागि आईसीटी एवार्ड डटओआरजीमा विस्तृत जानकारी उपलब्ध छ ।
एवार्डका अन्य ६ विधाका लागि निर्णायक मण्डलको समूहले छनौट जारी राखेको छ । यसअन्तर्गत पायोनियर आइसिटी एवार्ड, डिजिटल गभर्नेन्स आइसिटी एवार्ड, इन्टरप्रेनर आइसिटी एवार्ड, नेपाली डायस्पोरा आइसिटी एवार्ड, डिजिटल एजुकेशन आइसिटी एवार्ड तथा मिडिया पर्सन आइसिटी एवार्ड छन् । आइसिटी एवार्डको ग्रान्ड फिनाले आगामी साउन ३२ गते हुने बताइएको छ ।