साप्ताहिक संवाददाता
युरोपमा अहिलेसम्मकै सर्वाधिक ठूलो यौन महोत्सव इंग्ल्यान्डमा सम्पन्न भएको छ । तीन दिन चलेको उक्त महोत्सवमा ७ सय जति पुरुष यौनकर्मीले सहभागिता जनाएका थिए भने त्यसमा तेस्रोलिंगी, लेस्बियन तथा गेहरूसमेत सहभागी थिए । सबै किसिमको यौनचाहना भएका व्यक्तिहरूले सहभागिता जनाएको महोत्सवको प्रवेश शुल्क ६० हजार रुपैयाँ कायम गरिए पनि निर्धारित टिकट केही समयमै बिक्री भएको थियो ।
इंग्ल्यान्डको बेर्केस्टरशायरको एउटा गाउँमा सञ्चालित उक्त महोत्सवलाई स्विगर्स फेस्टिभल नाम दिइएको थियो । महोत्सवका बेला आयोजकहरूले सुरक्षादेखि प्रचार–प्रसारसम्ममा निकै कडाइ गरेका थिए । आयोजनास्थलमा पत्रकारहरूको प्रवेशमा रोक लगाइएको थियो भने सहभागीहरूलाई पत्रकारसँग कुराकानी गर्न पनि दिइएको थिएन ।
महोत्सवमा सहभागी हुने व्यक्तिको यौनचाहनाअनुसार उसलाई अलग नाम र रिष्ट ब्यान्ड दिइन्थ्यो, फलस्वरूप उक्त ब्यान्ड हेरेरै अन्य सहभागीले उसको यौनचाहना थाहा पाउँथे ।