साप्ताहिक संवाददाता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको माध्यमबाट योगदान दिएका खेलाडी तथा युवा प्रतिभाहरूलाई प्रोत्साहनस्वरूप प्रदेश नम्बर–५ सामाजिक विकास मन्त्रालयले नगद तथा प्रशंसापक्रबाट सम्मान गरेको छ ।
त्रिकेट खेलबाट देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीहरू रुपन्देहीका शक्ति गौचन, वसन्त रेग्मी, कुशल मल्ल, गुल्मीका सोमपाल कामी, सागर ढकाल तथा नवलपरासीका रोहित कुमार पौडेललाई प्रदेश सरकारले नगदसहित प्रशंसापत्रबाट सम्मान गरेको हो ।
यसैगरी सम्मानित हुनेमा पाच नम्बर प्रदेशका आईटिएफ तेक्वान्दो खेलाडी पाल्पाका साजन पचभैयाँ, गुल्मीका नवराज खरेल, गुल्मीकै भुवन श्रेष्ठ, एथलेटिक्स खेलाडीहरू कपिलवस्तुका सुदीप थारु, तुल्सीराम थारु, कपिलवस्तुकै कराते खेलाडी सागर खासु मगर, कपिलवस्तुकै लङजम्प खेलाडी लक्ष्मी रेग्मी, बर्दियाका खोखो खेलाडी गोपीप्रसाद तिमिल्सेना, तथा रुपन्देहीका फिजिसियोथेरापिस्ट डा. विक्रम न्यौपाने छन् ।
यसैगरी नेपाली भाषा बोल्ने रोबोट निमार्ण गर्ने लबकुश पन्थीलगायत प्रदेशका १८ जना युवा प्रतिभालाई समेत सम्मान गरिएको छ ।