साप्ताहिक संवाददाता
श्रावण १३, २०७६
चलचित्र लूटबाट निर्माताका रूपमा स्थापित भएका माधव वाग्ले अब आफैं निर्देशनमा उत्रने भएका छन् । पछिल्लो चलचित्र चंगा चेटपछि फुर्सदमा रहेका निर्माता वाग्लेले आफ्नो निर्देशनमा बन्ने पहिलो चलचिक्रको स्त्रिप्टको काम भैरहेको बताएका छन् ।
निर्माताका रूपमा एक दशक लामो अनुभव हासिल गरेपछि अब आफू निर्देशकका रूपमा अघि बढ्न सक्षम भएको उनको भनाइ छ । वाग्लेले हालसम्म करिव १० वटा चलचित्र निर्माण गरिसकेका छन् ।
निर्माताका रूपमा माक्र सत्रिय रहँदा सञ्चारकर्मीले समेत उपेक्षा गरेका कारण आफू बाध्य भएर निर्देशनमा सक्रिय हुन लागेको वाग्लेको तर्क छ । सञ्चारमाध्यमले कलाकार तथा निर्देशकलाई मात्र प्राथमिकता दिने उनको गुनासो छ । वाग्लेले निर्देशन गर्ने पहिलो चलचित्र दसैंपछि फ्लोरमा जाने बताइएको छ ।