साप्ताहिक संवाददाता
कुनै बेला अभिनेत्री प्रियंका कार्कीको स्टारडम निकै लोभलाग्दो थियो । तर, पछिल्लो समय उनको स्टारडम निरन्तर डाउन भैरहेको छ । प्रियंकाले काम गरेका चलचित्रहरु धमाधम फ्लप भैरहेका छन् । उनका प्रोजेक्टले माडको पैसा समेत उठाउन नसकेपछि निर्माताहरुले समेत उनको विकल्पमा अरु खोज्न थालेका छन् ।
निरन्तर ओरालो लागिरहेको करिअर कसरी सुरक्षित गर्नुपर्छ भन्ने विषयमा प्रियंकाले अहिलेसम्म सोचेकी छैनन् । फुर्सद भएसम्म जुन प्रोजेक्ट पनि गर्छिन् । बजारमा हल्ला के छ भने, प्रियंकालाई पैसा भए हुन्छ, अरु केहि चाहिदैँन ।
सायद, दर्शकको लागि निकै सस्तो किसिमले प्रस्तुत भएकाले हो कि ∕ प्रियंकालाई आफ्नै चलचित्रको टिमले समेत पत्याएन । केहि दिनअघि चलचित्र ‘हजार जुनी सम्म’ को पोष्टर सार्वजनिक भयो, तर पोष्टरमा उनी अटाइनन् । धेरैले अनुमान गरे, टे«लरमा दमदार तरिकाले प्रस्तुत गर्न खोजेकाले हो कि !
तर, प्रियंकालाई निर्माण टिमले टे«लरमा समेत स्थान दिएन । यो चलचित्रमा प्रियंका मुख्य भुमिकामा काम गरेकी छिन् । साउन ३० मा प्रदर्शन हुने यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, सलोन बस्नेत, संचिता लुइटेल, शिवहरि पौडेल लगायतका कलाकार पनि छन् ।
बजारमा प्रियंकाको ओरालो लागिरहेको करिअरले चलचित्रलाई कुनैपनि फाइदा नहुने भन्दै पोष्टर र टे«लरबाट आउट गरेको हल्ला चल्न थालेको छ । निर्माण टिमले किन प्रियंकालाई यसरी आउट गरिरहेको छ ? आधिकारिक जानकारी केहि दिनमा त पक्कै दिन्छ होला नि !