साप्ताहिक संवाददाता
चर्चित गायक उदित नारायणलाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की आएको रहस्य बाहिरिएको छ । उदितले केहि हप्ताअघि यस विषयमा प्रहरीलाई जानकारी गराएसँगै उक्त रहस्य बाहिरिएको हो ।
भारतीय संचार माध्यमले जनाए अनुसार उदीतलाई पछिल्लो एक महिनादेखि क्षती पुराउने धम्की आएको छ । यद्यपी, प्रहरीसँग उदीतले त्यो व्यक्तीले कुनै रकमको वार्गेनिङ भने नगरेको बताएका छन् । हाल भारतीय प्रहरीले ज्यान मार्ने धम्की दिएका व्यक्तीको खोजी भैरहेको जनाएको छ । प्रहरीले ति व्यक्तीको लोकेशन भने बिहार रहेको पत्ता लगाएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार पुलिसको एउटा टिम यो विषयमा गम्भिर भएर अनुसन्धान गर्देछ । उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् ।
अम्बोली पुलिस स्टेशनका एक सिनियर इन्सपेक्टरले उदित नारायणको बयान दर्ता भैसकेको र विषयमा अनुसन्धान सुरु गरिएको जनाए । प्रहरीले अहिले उदीतको घर वरीपरि विशेष निगरानी गरिरहेको जनाएको छ । पुलिसले साधारण पोशाकमा उदितको घर वरिपरि आउने मानिसहरुमाथि निगरानी राखिरहेको छ ।
उदीत वलिउडमा सर्वाधिक लोकप्रिय प्लेव्याक गायक हुन् ।