गैह्र आवासीय नेपाली संघ (एनआरएनए) हङकङको सातौं महाधिवेशन सम्पन्न भएको छ । हङकङ जोर्डन स्थित ईण्डियन क्लबमा सम्पन्न अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष टिका गुरुङ र उपाध्यक्ष निरञ्जन गुरुङ प्रतिस्पर्धामा उत्रिएका थिए ।
कुल ९५५ जना सदस्य रहेको हङकङ एनआरएनएमा ४३८ मतदाता मध्ये कुल ४३८ मत प्राप्त गर्दै टिका गुरुङ बिजयी भईन् । अध्यक्षका अर्का प्रत्यासी निरञ्जन गुरुङले १६२ मत प्राप्त गरे ।
१७ सदस्य समितीको अन्य पदहरुमा उपाध्यक्ष किसन राई, कर्मा गुरुङ, महासचिव गोकर्णप्रसाद ढकाल, सचिव डिल्लिराम विश्वकर्मा, कोषाध्यक्ष सन्तोषकुमार गुरुङ, महिला संयोजक अनु राई, युवा संयोजक प्रेम लामा, सदस्यहरु विजयकुमार गुरुङ, अर्जुन गौचन, अरविन सिंह निर्विरोध चयन भएका थिए ।
सवैको विश्वास र प्रेरणाले आफ्नो जित सम्भव भएको भन्दै निर्वाचित अध्यक्ष टिका गुरुङले आफ्नो कार्यकालमा थाती रहेको र भबिष्यका लागि तय गरिएको एनआरएनएका मुद्धा र कार्यहरुलाई अव तिव्र गतिमा अघि बढाउँने बताईन् ।