साप्ताहिक संवाददाता
अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ । बाबु प्रधानको एरेञ्ज रहेको गीतमा गायक सुगम पोखरेल र स्वेच्छा ठकुरीको संयुक्त गायन छ ।
आज सोमबार काठमाण्डौंमा एक कार्यक्रमको आयाजना गरी सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता सुशील र अभिनेत्री रुविनालाई देखाइएको छ । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी, सञ्जय लामाको छायांकनमा निर्माण भएको गीतको भिडियो मेकिङ उत्कृष्ट छ ।
सौरभ चौधरीले यो चलचित्रको निर्देशन गरेका हुन् । उनले चलचित्रमा सुशील र रुविनाको अभिनय दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए । विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको यो चलचित्र आगामी असोज ३ मा प्रदर्शन हुँदैछ ।
यो मितिमा चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुने पक्का भएको छ । हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएपछि यो मितिमा ‘लभ डायरीज’ मात्र थियो ।
हेरौं गीत