साप्ताहिक संवाददाता
श्रावण १४, २०७६
गायक तुलसी सिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ । सिवाकोटीको आवाजमा सार्वजनिक भएको ‘न बचाउन सके’ सगीतमा दुर्गा प्रसाद रिमालको शब्द रहेको छ । गीतमा कल्याण सिंहले संगीत दिएका छन् ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरियो । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ ।
प्रकाश धितालको निर्देशनमा बनेको गीतको म्यूजिक भिडियोमा विकाश लामिछाने, रक्षा श्रेष्ठ र एलिश खनालले अभिनय गरेका छन् । उक्त गीतको म्यूजिक भिडियोमा विकाश र रक्षालाई श्रीमान श्रीमतीको रुपमा देख्न सकिन्छ । आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पिडा गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।
बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :