साप्ताहिक संवाददाता
नेपाली गीतरसंगीतका क्षेत्रमा चिनिएको नाम हो– सिर्जु अधिकारी । उनी गीत गाउँछिन् । नेपाली लोक गायनमा उनको राम्रो र फरक परिचय छ । आधुनिक गीत गायनमा पनि आफ्नो नाम लेखाउन सफल अधिकारीले केहि गीतमा संगीत समेत गरेकी छिन् ।
उनै सिर्जुले यो वर्षको तीजलाई लक्षित गरि सार्वजनिक भएका केहि गीतमा आवाज भर्न तथा अभिनय गर्न भ्याएकी छिन् । उनले गाएको गीत मध्येको एउटा गीत हो तीजको दर । जून गीतमा दर खाने २ महिने तालिका सार्वजनिक भएको छ । समयक्रम र कामको सिलसिलामा धेरै आफन्त हुने र एकै दिन सबैकोमा जान नभ्याउँने हुदा २ महिना अघिदेखि दर खानु परेको कुरा गीतमा ब्यक्त गरिएको छ । पछिल्लो समय तीजका नाममा महिलाहरुले धेरै दिन दर कार्यक्रम राखे भनेर बिरोध समेत हुने गरेको छ । यो गीतले उक्त विरोधको सम्बोधन समेत गरेको छ ।
यो गीतमा सिर्जुले पुराना लोक–गायक बद्री पंगेनीसँग गायनमा सहकार्य गरेकी छिन् । सार्वजनिक गीत रबिन लामिछानेले लेखेका हुन् । गीतमा तिलक ओलीको लय रहेको छ । शंकर बिसीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा शंकर बिसी, सिर्जु अधिकारी, अञ्जली अधिकारी, कल्याणरत्न कार्कीका साथमा गायक बद्री पंगेनीले पनि अभिनय गरेका छन् । दुर्गा पौडेलको छायांकन रहेको गीतको म्यूजिक भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
तीजको दरको म्यूजिक भिडियो :