साप्ताहिक संवाददाता
श्रावण १४, २०७६
यो साता चन्द्रमामा मानिसले पाइला टेकेको ५० वर्ष पुग्यो । उक्त अवसरमा संसारभर विझिन्न कार्यक्रम गरिए र त्यस्ता कार्यत्रमले अझै निरन्तरता पाएको छ । सन् १९६९ को जुलाई २० मा एपोलो ११ को इगल मोड्युल र्ट्यांकुलिटी आधारमा अवतरण गरेको थियो ।
निल आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्ने पहिलो मानवको इतिहास रचेका थिए । चन्द्रमाको सतहमा पहिलो पाइला राख्दै आर्मस्ट्रङले ऐतिहासिक उद्गार व्यक्त गरेका थिए, ‘यो एउटा मानिसका लागि सानो पाइला हो, तर मानव जातिका लागि भने ठूलो फड्को ।’
आर्मस्ट्रङका साथ बज एल्ड्रिन र माइकल कलिन्स पनि चन्द्रमा मिसनका सहयात्री थिए । उनीहरू तीनै जना सन् १९३० मा जन्मिएका थिए । एल्ड्रिन र कलिन्स अझै जीवितै छन् भने आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो ।