भारतिय सैनिकबाट अवकास प्राप्त गरेका नेपालीहरुको गौरवशाली संगठन भारतिय गोर्खा भुपु सैनिक संघ हङकङको आयोजनामा भुपु सााझ २०१९ सम्पन्न भयो । कार्यक्रममा नेपालबाट आएका आधा दर्जन कलाकारहरुले हङकङेली दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
हङकङ आफुलाई सेकेण्ड होम टाउन लाग्ने भन्दै स्टेजमा प्रवेश गरेकी गायीका मिलन आमात्यले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन । गायक राजनराज सिवाकोटीले लोकआधुनिक फ्लेवरका चलचित्रका गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले नाचेर साथ दिएका थिए ।
कार्यक्रमका अर्का आकर्षण पब्लिक स्पिकर सिजन २ का विजेता प्रखर वक्ता रमेश प्रसाई थिए । रमेशले आफ्नो वाक कला र दोहोरी मार्फत दर्शकहरुको वाहवाही फाए । जीवन विष्टले सञ्चालन गरेको कार्यक्रममा गायक ओम गुरुङ, बालवित्रम थापा, मनमाया वाईवा, काजल गुरुङ, जेनिता मगर लगायतले आफ्नो प्रस्तुत दिएका थिए ।
शारिरीकरुपमा दुर्वलता भएकाहरुको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम सफलताका साथ सम्पन्न भएको संयोजक काजी गुरुङ बताउछन् । हामीले अपेक्षा गरेअनुरुप दर्शकहरु आईदिनुभयो, अव चााडै सहयोगका कार्यक्रमहरु तय गर्नेछौ उनी बताउाछन् ।
तस्बिर ः कृष्ण गुरुङ