साप्ताहिक संवाददाता
श्रावण १५, २०७६
गायिका अन्जना गुरुङले पहिलो पटक आफ्नै एकल एल्बमका लागि तीज गीतको कोसेली ‘तीजको लहर’ रेकर्ड गराएकी छिन् । यसअघि कलेक्सन एल्बमहरुका लागि तीजका गीत गाइसकेकी यी गायिकाले आफ्नै एल्बमका लागि भने पहिलो पटक यस्तो गीत गाएकी हुन् ।
सांगीतिक क्षेत्रमा थुप्रै लोकप्रिय गीतहरु दिइसकेकी गायिका गुरुङ ‘तीजको लहर’ बाट उत्साहित भएको बताएकी छिन् । अञ्जनाले रेकर्ड गराएका गीतको गीतमा राजकुमार बगरको शब्द तथा संगीत सुन्न सकिन्छ ।
यसै साता म्युजिक भिडियो निर्माण हुने उक्त गीतको म्युजिक भिडियोमा गायिका गुरुङकी मोडल छोरी अपेक्षा सिंहले अभिनय तथा नृत्य गर्दैछन् । स्मृति तिमिल्सिनाले उक्त भिडियो निर्देशन गर्दैछिन् । गायिका गुरुङका अनुसार साउनको तेस्रो सातासम्म उक्त भिडियो दर्शकमाझ आइसक्नेछ ।