साप्ताहिक संवाददाता
श्रावण १५, २०७६
अहिले भारतमा समानान्तर रूपमा दुईवटा लिग चलिरहेको छ, पहिलो पुरानो आई लिग, अर्को सुपर लिग अर्थात् आईएसएल । भारतीय फुटबलमा यी दुई लिगमध्ये बढी पैसा आईएसलएलमा छ । स्वभाविक रूपमा बढी पैसा भएपछि यसमा विदेशका ठूला स्टार पनि आकर्षित छन् । नेपाली टिमका राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले फेरि एकपल्ट आई लिग क्लब मिनर्वाबाट खेल्ने भएका छन् ।
चेम्जोङले यसका लागि चाँडै व्यवसायिक अनुबन्ध गर्नेछन् । गएको सिजन पनि त्यही क्लवबाट लिग खेलेका किरणको लक्ष्य भने आईएसएल खेल्ने हो र त्यसका लागि उनले भारत बसाइका क्रममा प्रयास पनि गर्नेछन् । आईएसएल खेल्ने धोकोकै कारण किरण व्यवसायिक फुटबल खेल्न माल्दिभ्स गएनन् । आईएसएल खेल्न पाए, उनी सबैभन्दा बढी कमाउने नेपाली फुटबल खेलाडी समेत हुन सक्छन् ।