साप्ताहिक संवाददाता
अर्पण थापाको पछिल्लो चलचित्र ‘घर’ केहि हप्ताअघि मात्रै प्रदर्शन भएको थियो । दर्शकले यो चलचित्रलाई निकै प्रशंसा गरेका छन् । चलचित्र क्षेत्रका केहि हस्तीहरुले त हरर जनरामा यो जत्तिको चलचित्र कुनैपनि बनेको छैन भनेर दाबि समेत गरेका छन् ।
अभिनय र निर्देशनमा जमिरहेका अर्पण विवाहित अभिनेता हुन् । थोरै प्रोजेक्ट तर निकै मिहेनतका साथ काम गर्न रुचाउने उनले अहिलेसम्म तिन दर्जनको हाराहारी चलचित्रमा काम गरेका छन् । चलचित्रमा धेरै युवतीको प्रेम भए अर्पण । कति युवतीलाई प्रेम प्रस्ताव राखे, कतिले उनलाई राखे । कतिलाई उनले विहेको प्रस्ताव राखे ।
तर, रियल लाइफमा अर्पणलाई कुनै युवतीले प्रेम प्रस्ताव राखेकी छन् कि छैनन् ? कुनै युवतीले विहेको प्रस्ताव राखेका छन् त ? हालै अभिनेता अर्पणले एक अन्तर्वार्तामा आफ्नो लभ लाइफको विषयमा नयाँ खुलासा गरेका छन् । उनी भन्छन् ‘मलाई आजसम्म कुनैपनि युवतीले बिहेको प्रस्ताव राखेनन्, मैले भने धेरै युवतीलाई प्रस्ताव राखेको छु कि ।’ प्रेम प्रस्ताव राखेपनि विहेको प्रस्ताव भने अहिलेसम्म कुनैपनि युवतीवाट नआएको अर्पणले बताए ।
उनले हाँस्दै भने, ‘अहिले त विहे भैसक्यो, पारिवारिक रुपमा खुसी छु । तर, केहि समयअघिसम्म मलाई किन कुनैपनि युवतीले बिहेको प्रस्ताव गरेन भनेर चिन्ता लाग्थ्यो ।’
हाल अर्पण नयाँ एक प्रोजेक्टसँगै भर्खरै प्रदर्शन भएको चलचित्र ‘घर’ को दोस्रो भाग निर्माणको तयारीमा छन् ।