साप्ताहिक संवाददाता
आममानिसका लागि बाँझोपन समाचारको विषय नभए पनि अधिकांश मानिसले जीवनको कुनै न कुनै समयमा यो विषयमा सोचेकै हुन्छन् । खासगरी अविवाहित अवस्थामै यौन सम्पर्क राख्ने र परिवार नियोजनका साधनहरू प्रयोग गर्ने कतिपय मानिस बाँझोपनका सन्दर्भमा आफूमा हीन भावना पालेर बसेका हुन्छन् । एक अध्ययनअनुसार हरेक १० मध्ये ८ महिला तथा १० मध्ये ४ पुरुषले आफ्नो प्रजनन् क्षमतालाई सदैव सन्देहको घेरामा राखेका हुन्छन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन नामक अनुसन्धानमूलक संस्थाले गरेको सर्भेअनुसार १५ देखि ४४ वर्ष उमेर समूहका ६ प्रतिशत विवाहित महिला धेरैजसो अवस्थामा असुरक्षित यौन सम्पर्कका कारण गर्भवती भइन्छ भन्ने डरमा बाँचेका हुन्छन् भने उनीहरूले त्यसको रोकथामका लागि अपनाउने कतिपय साधनले नै उनीहरूमा बाँझोपनको भय समेत सिर्जना गरिरहेको हुन्छ ।
पुरुषमा पनि हुन्छ जी–स्पट
अहिलेसम्म के धारणा रहँदै आएको छ भने यौन उत्तेजनाका लागि जिम्मेवार मानिएको तत्त्व वा अंग जी–स्पट महिलाहरूमा मात्र हुन्छ । यद्यपि हालै गरिएको एक अध्ययनले उक्त यौन उत्तेजनाका लागि जिम्मेवार त्यस्तो तत्त्व पुरुषमा पनि हुने देखाएको छ । पुरुषमा विद्यमान उक्त तत्त्व वा अंग उनीहरूको प्रोस्टेट र त्यसलाई ढाकेर रहने थैलीमा हुन्छ । अन्तर्राष्ट्रिय लाइफ स्टाइल म्यागजिन कस्मोपोलिटनले दिएको समाचारअनुसार प्रोस्टेट अर्थात् हाम्रो अण्डकोष रहने थैलीलाई यौन सम्पर्कका बेला औंलाले चलाउँदा जी–स्पट बढी सक्रिय हुन्छ र पुरुषहरू त्यस्तो अवस्थामा अत्यधिक उत्तेजित हुन पुग्छन् ।