साप्ताहिक संवाददाता
बेनिशा हमाल, अभिनेत्री
मेरो पेसालाई बुझ्ने
म अहिले चलचित्र क्षेत्रमा छु । त्यसैले मेरो हुनेवाला जीवनसाथी मेरो पेसालाई बुझ्ने तथा मेरो पेसालाई सम्मान गर्ने हुनुपर्छ ।
बौद्धिक
जीवनसाथीसँग मनसँगै विचार पनि मिल्न जरुरी छ, तबमात्र सम्बन्ध दिगो हुन्छ । अर्को कुरा आफूले नबुझेको कुरा होस् वा आफूलाई समस्या परेको केही कुरा जान्नुपर्ने अथवा सोध्नुपर्ने अवस्थामा आफ्नै जीवनसाथीसँग सल्लाह लिनु प्रभावकारी हुन्छ । त्यसैले आफ्नो जीवनसाथी बौद्धिक भैदिए हुन्थ्यो भन्ने लाग्छ ।
सेन्स अफ ह्युमर
म पहिलेदेखि नै सेन्स अफ ह्युमर भएका मानिसहरूबाट बढी प्रभावित हुँदै आएकी छु । त्यसैले आफ्नो जीवनसाथी पनि सेन्स अफ ह्युमर भएको होस् भन्ने चाहना छ । जोसँग सेन्स अफ ह्युमर छ ऊसँग हिँड्दा कहिल्यै दुःखी हुनुपर्दैन । कहिलेकाहीँ दिक्क लागेका बेलामा उसले त्यसै फ्रेस बनाइदिन्छ ।
सम्मान गर्ने
जहाँ सम्मान हुन्छ, त्यहाँ माया हुन्छ । त्यसैले हरेक अवस्थामा आफ्नो साथ–साथै पार्टनरको सहजताका बारेमा पनि ख्याल गर्ने जीवनसाथी भैदिए हुन्थ्यो भन्ने लाग्छ ।
केयरिङ गर्ने
मलाई मायाका साथसाथै स–साना कुरामा केयरिङ गरेको असाध्यै मन पर्छ । आफ्नो मान्छेलाई के कुरा मन पर्छ/पर्दैन भन्ने कुरामा चासो राख्दा माया अझ प्रगाढ हुन्छ ।
फिल्म बाहिरको मान्छे
मेरो जीवनसाथी चलचित्र क्षेत्रभन्दा बाहिरको होस् भन्ने लाग्छ । किनभने त्यसो भयो भने समय समायोजन गर्न सहज हुन्छ ।
आँखाबाट छिटो प्रभावित हुन्छु
हामी सामान्यतः जो कोहीसँग आँखा जुधाएर कुरा गर्छौं । त्यसमाथि पनि म चाहिँ आँखाबाट छिटो प्रभावित हुन्छु । कतिपय अवस्थामा मुखले भन्दा पनि आँखा–आँखाबाट धेरै कुरा
भैरहेको हुन्छ ।