साप्ताहिक संवाददाता
श्रावण १७, २०७६
विश्वव्यापी नेटवर्क भएको अल्काटेल नयाँ श्रेणीका स्मार्टफोन तथा फिचर फोनहरूका साथ नेपाली बजारमा प्रवेश गरेको छ ।
कम्पनीले अल्काटेल वान, अल्काटेल १ एस, अल्काटेल थ्रीएक्स, अल्काटेल– ३ (३जीबी र्याम प्लस–३२ जीबी स्टोरेज), र अल्काटेल ३ (४जीबी र्याम र ६४ जीबी स्टोरेज) स्मार्टफोन सेगमेन्टमा तथा अल्काटेल– २०५३डी, अल्काटेल–२००३डी, अल्काटेल–१०६६डी फिचर फोन सेगमेन्टमा उपलब्ध गराएको छ । यी फोनमा कम्पनीले १ वर्षको समेत वारेन्टी दिएको छ ।
अल्काटेल, टिसिएल कम्युनिकेसन्स मोबाइल उद्योगमा नेतृत्वदायी कम्पनी हो र यसले विश्वका १ सय ६० भन्दा बढी देशमा आफ्नो फोन बिक्री वितरण गर्दै आएको छ । अल्काटेलका यी फोन १ हजार ९ सय १० रुपैयाँदेखि २१ हजार ४ सय ९० रुपैयाँसम्ममा उपलब्ध हुने बताइएको छ ।