साप्ताहिक संवाददाता
निर्मल शर्मा/ कलाकार
एक महिना पुग्नै लाग्यो, कलाकार संघ केवल बधाई, स्वागत अनि सम्मानमै व्यस्त देख्छु, यो कार्यकाल पनि यत्तिकैमा बित्छ कि क्या हो ? मैले भोट हालेको छु है हजुर, फेरि मुद्दा हाल्न नपरोस् !
केही समय हामी पनि भारतबाट आउने विषादी चेक गर्न रोक लगाइएको तरकारी खानै बन्द गरौं न । लोकल बोडी, सिमी, फर्सी मुन्टा, भिन्डी पनि त पाइन्छ, बरु थोरै खाउँला !
विद्यानष्ट, धरोधर्म, कसैको रिसले मास्क लगाएको हैन है मैले ।
मलाई मन परेको आदरणीय नेता, सम्माननीय प्रम केपी ओलीज्यूप्रति आदर सम्मान ! कृपया सन्दिप क्षेत्रीको हँसाउने जागिरै खोसेर ह्वाट द फ्लप पोलिटिक्स आफैँ चलाएर नहँसाउन अनुरोध छ । नोट : कुनै राजनीतिक पार्टीमा आवद्द नभएको माक्स लगाउन बाध्य जनता म !
कसैको नराम्रो नगर्नुस्, तैपनि तपाईंले खाएको, लाएको, हिँडेको अनि हरेक क्रियाकलापको कसैले मजाक उडाउँछ भने मान्नुहोस् त्यो तपाईको डाईहार्ट फ्यान अनि समाजमा आफ्नो अस्तित्व शून्य देखेर तड्पिएको रोगी धनवान् हो ।
देशमा अब गौतम बुद्ध वाद मात्र हुनुपर्छ ।
सरल छु, सादा छु, सिम्पल छु, इजी छु, स्वभिमानी छु तर यो हैन कि कमजोर छु ।
सापटी लाने मानवहरू, चुरीफुरी गर्ने चलचित्रकर्मीहरू अनी रोमान्टिक फिल्मी एनआरएन दादाहरू आजभोलि लापत्ता छन् । घरको कौसीबाट दुर्बिनले खोज्दैछु ।
फेसबुकमा केही चर्चितहरूले फोटो राखेर, महान महान् वाणीहरू लेखेर पोस्ट गरेको देख्दा, कति विवेकशील अनि सकारात्मक सांच भएका जस्तो लाग्ने है ?
यहाँ अरूलाई फसाउने, लठ्याउने, लडाउने, डुबाउने, ठूला कुरो गर्ने, कसैलाई मान्छे नगन्ने, बिगार्ने भत्काउने, समाचारमा धाराप्रवाह खोक्ने, पाए सम्म सिटामोल पनि स्पोन्सरमै खाने प्रवृत्ति अनि प्रायः घटिरहने घिनलाग्दा घटनाहरू देखेर आजित दर्शक–जनताले नै कुनै दिन हामी चलचित्रकर्मीहरूलाई खोजी–खोजी कालोमोसो दल्लान् भन्ने डर पो लाग्न थाल्यो ।
चलचित्रकर्मीमा देखिने प्रगाढ दोस्ती, कलेजो मुटु नै एउटै जस्तो प्रस्तुति, गाला जोडिएका सेल्फीहरू सबै चटक हो, काम पर्नुपर्छ डायपर चेन्ज गर्न पनि तयार हुन्छन्, त्यो केवल स्वार्थ मात्र हो, हिटहरूसँग काम पटाउन र समाचार बनाउनेहरूसँग समाचार बनाउनकै लागि गरिएको नाटक हो । हिट कलाकार र पत्रकार नचलुन त, चिन्दा पनि चिन्दैन, मेरो आफ्नै मामा फिल्ममा भएको भएपनी कंस नै हुन्थे होला, धन्न मैले यहाँ सबैलाई चिनेको मात्र छु । आफ्नै भन्नेचाहिँ कसैलाई पनि ठानेको छैन ।
संस्कार रित्तो भएका अनि अवस्था हेरी–हेरी संस्कारी क्यारिकेचर गर्ने चर्चितहरू यहाँ धेरै छन्, तर जो देश, समाजसँग नजिक रहेर सामाजिक पनि रह्यो त्यो सधैंलाई चर्चित नै रहन्छ, हैन भने केही समयपछि भूतपूर्व चर्चित भएका उदाहरण टन्नै छ यहाँ ।
(अभिनेता निर्मल शर्माले पछिल्लो पटक पोष्ट गरेका स्ट्याटसहरू)