साप्ताहिक संवाददाता
आकाश श्रेष्ठ, अभिनेता
तिर्सला
लाजिम्पाटस्थित तिर्सला रेस्टुराँमा उनी साथीभाइहरूसँग भेटघाट गर्न तथा लाइभ म्युजिक सुन्न पुग्छन् । श्रेष्ठ महिनामा दुई–तीन पटक तिर्सला गएर समय बिताउँछन् ।
बिम्पी
यो रेस्टुराँमा उनी चिकेन आइटम तथा मो मो खान पुग्छन् । दरबारमार्गस्थित बिम्पी महिनामा करिब ५–६ पटक पुग्ने श्रेष्ठले बताए ।
क्याफे लाभा
कफीका लागि उनी पानीपोखरीस्थित क्याफे लाभा पुग्छन् । जाडो महिनामा उनी धेरैपटक यो क्याफे पुगिरहेका हुन्छन् । श्रेष्ठलाई क्याफे लाभाको कफी निकै मनपर्छ ।
स्ट्रेरेस
नक्सालस्थित स्ट्रेरेस रेस्टुराँ उनलाई सबैभन्दा मनपर्ने रेस्टुराँ हो । उनी यो रेस्टुराँ महिनामा करिब ८–९ पटक पुग्छन् । उनलाई यो रेस्टुराँको हुक्का एकदमै मनपर्छ ।
टुकुचे
थकाली खाना विशेष रुचाउने आकाश टुकुचेको थकाली खाना खान महिनाको ३–४ पटक पुग्छन् । गैरीधारास्थित यो रेस्टुराँमा उनी परिवारका सदस्य तथा साथीभाइहरूसँग रमाउँछन् ।