साप्ताहिक संवाददाता
श्रावण १७, २०७६
पहिले चानचुन पैसा निकै प्रचलनमा थियो र सडकछेउमा माग्न बस्ने भिखारीलाई चानचुन पैसा नै दिइन्थ्यो । अहिले चानचुन पैसाको प्रचलनमा कमी आएका कारण कतिपयले चाहेर पनि भिखारीलाई पैसा दिन सक्दैनन् ।
चानचुन पैसा दिन चाहेर पनि नसक्नेहरूलाई मध्यनजर गरेर चीनका भिखारीहरूले डिजिटल पेमेन्टमार्फत भीख माग्न थालेको केही समय भैसकेको छ ।
क्यूआर कोड बोकेर माग्न हिँड्ने भिखारीलाई भीख दिने व्यक्तिले कोड स्क्यान गरेर चाहेअनुसारको पैसा हातमा होइन, उसको बैंक एकाउन्टमा पठाउन सक्छन् । यसरी पैसा पठाउँदा न्यूनतम १५ रुपैयाँ पठाउनुपर्ने हुनाले भिखारीहरूको आम्दानीसमेत बढेको छ ।