साप्ताहिक संवाददाता
मेक्सिकोबाट थालनी भएको एउटा मौलिक परिकार अब काठमाडौंमा समेत उपलब्ध हुन थालेको छ । टाको नामको उक्त परिकार पुरानो बानेश्वरस्थित वासुकी मार्गमा हालै सञ्चालनमा आएको फुड क्य्राफ्ट क्याफेमा उपलब्ध छ । क्याफेका सञ्चालक सुशान्त गौतमका अनुसार हाल उक्त परिकार भेज तथा चिकेन फ्लेवरमा उपलब्ध छ । चामलको पीठोभित्र विभिन्न प्रकारका सिजनल तरकारी/मासु आदि राखेर तयार पारिने टाको विशेष गरी युवापुस्ताको रोजाइमा पर्दै आएको छ । टाकोको मूल्य भेजिटेरियन १ सय २० रुपैयाँ तथा चिकेन १ सय ५० रुपैयाँ छ ।
मःम विथ बियर
पानीपोखरीस्थित जेनेसिस क्याफेले द मःम फेस्टको आयोजना गरेको छ । शनिबार दिउँसो १ बजेदेखि ५ बजेसम्म चल्ने मःम फेस्टमा १ हजार शुल्क तिरेपछि अनलिमिटेड मःम खान पाइने बताइएको छ भने त्यसमा एउटा क्यान बियर पनि प्राप्त हुन्छ । यो मःम फेस्टमा साँझ ७ बजेदेखि १० बजेसम्म रिदिम सन्सले सांगीतिक प्रस्तुतिसमेत दिनेछ ।