साप्ताहिक संवाददाता
श्रावण १८, २०७६
नेपाली चलचित्र ‘भैरे’ अघिल्लो साता युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भयो । दुई साताअघि म्युजिक नेपाल युट्युब च्यानलबाट अपलोड गरिएको यो चलचित्र सोमबारसम्म ३१ लाख ९ हजार पटक हेरिएको छ ।
एभरेस्ट सूर्य बोहोराद्वारा निर्देशित यो चलचित्र व्यवसायिक रुपमा भने असफल भएको थियो । युट्युबमा भने यसलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । चलचित्र भैरेमा दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा शिवाकोटी, सुरक्षा पन्त, जयनन्द लामा, अनुभव रेग्मी, जान्वी बोहोरा, सुनिल थापा, सुरबीर पण्डित, सबिता गुरुङ आदि कलाकारले अभिनय गरेका छन् ।
यो चलचित्रलाई युट्युबमा ३१ हजारले लाइक तथा करिब २ हजार जनाले डिसलाइक गरेका छन् भने त्यसमा ३ हजारभन्दा बढी कमेन्ट आएका छन् ।