साप्ताहिक संवाददाता
‘स्वार्थी छ दुनियाँ, संसार यो घाती
नत्र चर्केर किन फुटेथ्यो र छाती’
यो गीत गीतकार डा. डिआर उपाध्यायले लेखेका हुन् । सन्तोष श्रेष्ठले संगीत गरेको यो गीत पुराना गायक दीप श्रेष्ठले गाएका छन् । गत वर्ष सार्वजनिक भएको यो गीतले स्रोताको मन जितिरहेको थियो ।
स्रोताको मन जित्न सफल यहि गीतले यो वर्षको २ अवार्ड जित्न सफल भएको छ । सुन्दरादेवी सन्देश साप्ताहिकले आयोजना गरेको पाचौँ ‘सुन्दरादेवी सन्देश म्यूजिक अवार्ड’मा यहि गीतका लागि २ अवार्ड प्रदान गरियो ।
यो गीतका लेखक डा. डिआर उपाध्यायलाई यहि गीतका लागि उत्कृष्ठ गीतकारको अवार्ड प्रदान गरियो । यसैगरी यसै गीतमा संगीत गरेका संगीतकार सन्तोष श्रेष्ठले पनि यहि गीतबाट उत्कृष्ठ गीतकारको अवार्ड उचाल्न सफल भएका छन् ।
यसै साता थाइल्याण्डको पताया शहरमा सम्पन्न अवार्डमा गीतकार उपाध्यायलाई यो अवार्ड प्रदान गरिएको हो । गीतकार उपाध्यायलाई गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्ने वर्ष गीतकारको सम्मान पनि यसै वर्ष प्रदान गरिएको थियो ।
केहि समय अघि देशको राजधानी काठमाडौंमा सम्पन्न एक कार्यक्रममा उपाध्यायको ‘सन्तानको शिर उठाउन’बोलको गीतका लागि वर्ष गीतकारको पुरस्कार प्रदान गरिएको थियो । उपाध्यायको उक्त गीतमा पनि संगीतकार सन्तोष श्रेष्ठलेनै संगीत गरेका हुन् ।