साप्ताहिक संवाददाता
श्रावण १९, २०७६
काठमाडौं
अन्जु पन्तको दैनिकी निकै व्यस्त छ । व्यस्त भएपनि अन्जु आजभोली परिवारका लागी समय छुट्याउँछिन् । समय मिलाएर घुम्न निस्कन्छिन् । नजिकका साथिभाईहरुलाई सकेसम्म समय दिन्छिन्, घण्टौं गफिएर बस्छिन् । ६ हजार भन्दा धेरै गीतमा स्वर दिइसकेकी गायिका पन्तको दैनिकी यस्तो छ ।
- सधैजसो बिहान साढे ५ बजे उठिसकेकी हुन्छु । त्यसपछि पानी पिउँछु ।
- कहिले नेपाल, कहिले बिदेश । कहिले काठमाण्डौं, कहिले मोफसलमा हुने भएकाले नियमित रुपमा जिम, व्यायाम गर्न पाएकी छैन । ध्यान भने नियमित रुपमा गरिरहेकी छु ।
- गीत रेकर्डिङको समय परेन भने घरमै खाना खान्छु । नत्र बाहिरै खान्छु । बिहान १० बजेसम्म खाना खाइसकेकी हुन्छु ।
- मासुको रससँग खाना निकै मन पर्छ । नत्र तरकारीको झोल भएपनि पुग्छ ।
- अधिकांश दिन ८ बजे निस्किएर ६ बजेतिर घर फर्किने सेड्युअल हुन्छ । तर, कहिलेकाहिँ रात पनि पर्छ ।
- दिउँसो निकै हतार हुने भएकाले खाजा खाने समेत फुर्सद हुँदैन । भोक लाग्यो भने तुरुन्तै खाजा चाहिन्छ ।
- साँझ ८ देखि ९ बजेसम्म खाना खाइसकेकी हुन्छु ।
- त्यसपछि एकछिन भोलीको कामको बारेमा योजना गराउँछु । भोली कहाँ जानु छ, के के गर्नुपर्ने छ, कस्ता कामलाई विशेष प्राथमिकता दिने जस्तो योजना मैले अघिल्लो दिनको साँझ गरिसकेकी हुन्छु ।
- एकछिन सामाजिक सन्जालमा पनि भुल्छु । केहि कुराको अपडेट त्यहाँबाट लिन्छु ।
- साँझ ११ बजे रेगुलर सुत्ने बानी छ । तर, छोरीसँग गफ जम्यो भने रातको १ पनि बज्न सक्छ ।
यो पनि पढ्नुहोस्-
आत्महत्या प्रयास गरेकी अन्जु पन्त भन्छिन्