साप्ताहिक संवाददाता
फुलन्देकी आमाको उपनामबाट लोकप्रिय बनेका हाँस्य कलाकार उमेश राईलाई जापान एअरपोर्टबाटै नेपाल फिर्ता गरिएको छ । एक साँस्कृतिक कार्यक्रमका लागि जापान उडेका उनलाई जापानको भुमी टेकेको केहि समयमै तुरुन्तै नेपाल फर्काइएको हो ।
उनलाई प्राविधिक कारण भन्दै बिमानस्थलले नेपाल फर्काइएको बुझिएको छ । उनिसहित केहि कलाकार तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका थिए । नेपालस्थित जापानी दूतावासले भिसा दिएको थियो । उमेशसँगै लोकगायिका सविना गुरुङलाई समेत नेपाल फर्काइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।
जापानले धेरै नेपाली कलाकारलाई यसैगरी भिषा दिने र एयरपोर्टदेखि फिर्ता गर्दै आएको छ । नेपाली कलाकारहरुको आर्टिस्ट भिषा नहुने र भिजिट भिषामै जानुपर्ने बाध्यता भएकाले धेरै कलाकारले यस्तो समस्या भोग्नुपरेको छ ।