नेपाली क्रिकेटमा  जरैदेखि समस्या छ 

- जनक तिमिल्सिना, महेश तिमल्सिना

श्रावण २०, २०७६

अहिले अन्डर–१९ को सन्दर्भमा हामीले ४० दिनको तयारी समय मागेका थियौं, तर एसीसीलाई ४० दिन जरुरी लागेन । हामीले भर्खरै दुईवटा प्रतियोगिता खेलेर आएका छौं, वर्ल्डकप क्वालिफायर र अन्डर–१९ इस्टर्न रिजन । किन ४० दिनको तयारी चाहियो बच्चाहरूको परीक्षा हुन्छ, स्कुल हुन्छ त्यसैले त्यति धेरै दिन कसरी स्कुल छुटाउँछन्, १०–१५ दिनको समय पर्याप्त हुन्छ भनियो । यद्यपि हाम्रो देशको क्रिकेट त्यो हिसाबको छैन । प्रत्येक दिन अभ्यास गर्ने ठाउँ छैन । अहिले कीर्तिपुरको अवस्था हेर्दा त्यहाँ खेल्न सक्ने अवस्था छैन ।  

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान हुन्– विनोद दास । उनी अहिले नेपाली यु–१९ टिमको प्रशिक्षकको भूमिकामा छन् । ट्वान्टी–२० विश्वकपको एसिया रिजनल छनौटबाट बाहिरिएपछि नेपालको ट्वान्टी–२० विश्वकप खेल्ने सपनामा तत्काललाई विराम लागेको छ । एकदिवसीय मान्यता प्राप्त नेपालले सिंगापुरमा गरेको प्रदर्शनलाई लिएर अहिले आलोचनासमेत भैरहेको छ । आफूभन्दा कम वरियताका कतार र सिंगापुरसँग नेपालको पराजयलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन् । यही सन्दर्भमा सिंगापुरमा नेपालको प्रदर्शन, नेपाली क्रिकेटको कमजोर पक्ष, राष्ट्रिय टिमको अबको बाटो, नेपाल क्रिकेट संघ (क्यान)को विवादको प्रभाव आदि विषयमा केन्द्रित रहेर दाससँग जनक तिमिल्सिना तथा महेश तिमल्सिनाले गरेको कुराकानी :

नेपाल टी–२० वर्ल्डकपको एसिया रिजन क्वालिफायरमा पराजय भएपछि तपाईंको ट्वीट सामाजिक सन्जालमा हिट भयो, त्यो कस्तो सन्दर्भमा लेखिएको थियो ? 

हामी क्रिकेटमा आबद्ध जति पनि व्यक्ति छौं, त्यसमध्ये सबैभन्दा बढी पीडा खेलाडीहरूलाई नै हुन्छ यस्तो स्थितिमा । हारेको फीडा एकातिर छँदैछ । अब हामी त क्रिकेटमा लागेको व्यत्ति हामी त मुभ वन गरौंला, तर खेल्न नपाउने त खेलाडीहरूले हो । उहाँहरूका लागि अगाडीको ढोका बन्द भयो । यदि विश्वकप खेल्न पाएको भए उहाँहरूका लागि कति ठूलो उपलब्धि र अवसर हुने थियो । त्यसैले खेलाडीहरूको करियरका लागि पनि यो निकै महत्वपूर्ण थियो । यद्यफि हामीजस्ता क्रिकेटमा लागेका व्यत्तिहरूका लागि यो एक खालको फेलियर थियो । यसलाई लिएर एक–दुई दिन कुरा गरिएला, यस्तो हुनुपर्ने, उस्तो हुनुपर्ने भनेर छलफलको विषय बनाइएला, तर यस्ता कुराले हामीलाई भन्दा पनि खेलाडीहरूलाई नै धेरै गाह्रो हुन्छ । हामी साथीहरूको बीचमा पनि यस्तो हुनुपर्ने, त्यस्तो गर्नुपर्ने, यो भएन त्यो भएन भन्छौं । विभिन्न खालका अपशब्द प्रयोग गरेर गाली गर्छौं । यो सबै कुरा सुन्दा मलाई पनि नराम्रो लाग्यो । क्रिकेट बुझm्ने व्यक्ति होस् वा त्रिकेटमा आबद्ध भएका व्यक्तिहरू नै किन नहुन्, कतिपयले हामी हुँदा यस्तो भएको थियो, हामी नहुँदा यस्तो भयो वा यस्तो गर्नुपर्ने यस्तो नगरेर यस्तो भयो भन्ने कुरा पनि गर्नुभएको छ भने कतिपयले क्यान झएका बेला अर्थात् क्रिकेट एसोसिएसन त्रियाशील रहेका बेला क्वालिफाइ गरेको थियो, अहिलेचाहिँ यस्तो अवस्थासम्म आइपुग्यो, यी सबै कुरामा दोष टिम क्याप्टेनमा थोपर्ने, कोचमाथि नानाथरीको ब्लेम लगाउने काम भयो । यिनै कुरामा कुरा चित्त नबुझेपछि मैले आफ्नो भनाइ लेखेको हुँ । 

तपाईं–हामी हार अथवा जितबाट धेरै नै तरंगित हुन्छौं भन्न खोज्नुभएको हो ? 

होइन, मैले भन्न खोजेको हामीभन्दा बढी खेलाडीहरू प्रभावित हुन्छन् । हो, हार भएको छ त्यसको समिक्षा गरौं, तर अलिकति संयमित भएर मात्र भन्न खोजेको हो । अपशब्द प्रयोग गर्ने, कसैलाई व्यक्तिगत रूपमा लक्षित गरेर अश्लील कुराहरू गर्ने खालका प्रतिक्रिया नदिनुस् भन्न खोजेको हुँ । त्यसैले सबैभन्दा पहिले त हामीले पटक–पटक आफैंसँग सोधौं । मैले ट्विटमा पनि त्यही लेखेको हुँ अनि ह्यासट्यागमा मैले ‘ह्वाट्स योर कन्ट्रिब्युसन’ लेख्नुको अर्थचाहिँ हामी जति पनि मानिस क्रिकेटमा लागेका छौं, यसमा हाम्रो योगदान के त ? हाम्रो प्रयास पर्याप्त छ कि अपर्याप्त छ भन्ने कुरा सोच्ने बेला आएको छ भन्ने हो । 

भनेपछि, क्रिकेटमा एकथरीले गरिरहेको राजनीतिलाई इंगित गर्न खोज्नुभएको हो ? 

यहाँ बुझाइचाहिँ के भयो भने विनोदले नेपाली क्रिकेटका प्रशंसकहरूमाथि प्रश्न उठायो । वास्तवमै भन्ने हो भने कुनै पनि खेलमा समर्थकहरूको योगदान कति हुन्छ ? समर्थकहरूको हातमा के नै हुन्छ र ? न समर्थकले टिम छनौट गर्ने हो, अर्को कुरा क्रिकेटका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मेवारी पनि फ्यानहरूको होइन । उहाँहरूको जिम्मेवारी भनेको क्रिकेटलाई फलो गर्ने, क्रिकेटरलाई माया गर्ने, खेलाडीहरूले गरेको प्रदर्शनमा ठीक–बेठीक औंल्याइदिने र आवाज उठाइदिने हो । यस्तै, क्रिकेटसँग सम्बन्धित जति पनि क्रियाकलाप छन् त्यसमा चासो राख्ने जिम्मेवारी समर्थकहरूको हो । यतिका जिम्मेवारी पूरा गरिदिने समर्थक नेपालजतिको अरू कुन देशमा छन् र ? क्रिकेटमा नेपालको फ्यान फलोइङ निकै राम्रो छ । मैले उहाँहरूप्रति लक्षित गर्ने कुरै आउँदैन । हामीले नेपाली क्रिकेटका समर्थकहरूप्रति प्रश्न उठाउने ठाउँ नै छैन । यो फ्रश्न त हामीजस्ता व्यक्तिहरूका लागि हो, जो त्रिकेटलाई अघि बढाउन जिम्मेवार छौं । त्यसमा प्रशिक्षक, खेलाडी, प्रशासन आदि सबै कुराहरू फर्छन् । यतिबेला क्रिकेट बोर्ड चलायमान नहुनुमा कसको गल्ती छ ? मेरो त्यो ट्विटको २ सय ४० शब्दमा सबै कुरा समेट्न सकिनँ होला, तर मैले इंगित गर्न खोजेको हामीजस्ता त्रिकेटमा लागेका व्यक्तिहरूलाई हो । हामीले आफ्ना तर्फबाट गरेको योगदान पर्याप्त छ त भन्ने प्रश्न हो । 

छनौट चरणको नेपालको प्रदर्शनलाई तपाईं एउटा क्रिकेट समीक्षक, पूर्वकप्तान अथवा यू—१९ टिमको कोंचका हिसाबले कसरी विश्लेषण गर्नुहुन्छ ? 

कुनै पनि खेल हारेपछि अनेकन् प्रश्न उठ्नु स्वभाविक हो । यदि जितेको भए त्यसको क्रेडिट जसले टिम छनौट गर्‍यो, जसले तयारी गर्‍यो अथवा जसले खेल्यो उसैलाई दिइन्थ्यो, अब हारेपछि ब्लेम पनि तिनै व्यक्तिहरूलाई जान्छ । यसमा खेलाडीको कमजोर प्रदर्शन त एउटा पाटो भयो नै, तर मलाई लाग्दैन कि छनौटको पाटोमा पनि पहिले पर्फमेन्स गरेको व्यक्तिलाई त्यसमा समावेश नगरेको भन्ने अहिलेसम्म छैन । कुनै एउटा खेलाडीले प्रतियोगितामा राम्रो प्रदर्शन गर्‍यो भने उसलाई क्यानमा ल्याएर खेलाइन्छ । त्यहाँ पनि कुनै खेलाडी ओपनरमा परेको छ भने अरू पनि चार–पाँच जना ओपनर हुन्छन् । त्यसमा राम्रो गर्‍यो भने ऊ टप २ मा आउन सक्छ । यस्तो अवस्थामा मात्र टिममा उसको स्थान सुरक्षित हुन्छ । त्यसैले मेरो विचारमा अहिलेसम्म राम्रो गरेका खेलाडीहरूनै टिममा परिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा कुनै खेलाडीले राम्रो प्रदर्शन गर्‍यो–गरेन भन्ने एउटा पाटो हो तर अन्तर्राष्ट्रिय स्तरमा गएर राम्रो प्रदर्शन गर्न नसक्ने खेलाडीलाई रिप्लेस गर्नु छ भने कम्तीमा राष्ट्रिय स्तरमा कन्टिस्टेन्ट पर्फमेन्स गर्ने नयाँ खेलाडी त चाहिन्छ । किनभने कुनै खेलाडी अन्तर्राष्ट्रिय खेलमा फ्लप भैरहेको छ भने राष्ट्रिय स्तरमा पनि कन्सिस्टेन्ट पर्फमेन्स नगर्ने कुनै खेलाडीलाई लगेर उसको रिप्लेस गर्नु त्यति न्यायोचित नहोला । पहिलो कुरा त हामी घरेलु क्रिकेट नै निकै कम खेल्दैछौं । हामीसँग तीनवटा प्रिमियर लिग छन् । प्रिमियर लिग पनि हामी कस्तो अवस्थामा खेल्दै छौं भने जहाँ बलरले डोमिनेट गरिरहेको छ । त्यसैले हामीले सबैभन्दा पहिले त हाम्रो विकेटको स्तर, ग्राउन्डको स्तरलाई सुधारौं । घरेलु क्रिकेटलाई तीन–चार महिनामा गराउने वातावरण बनाऔं । उदीयमान खेलाडीहरूलाई पनि घरेलु क्रिकेटमा अवसर दिऊँ । उनीहरूले पनि आफ्नो प्रतिभा देखाएर यो ठाउँका लागि म लायक छु–छैन भन्ने अनुमान गर्न सकून् । यो सबै भएको अवस्थामा मात्र हामी उपयुक्त रिप्लेसमेन्ट फेला पार्न सक्छौं । 

अहिलेको यो प्रतियोगितामा हाम्रो कमजोरी कहाँ–कहाँ रह्यो ? 

हामीले राम्रो खेलेनौं, तर त्यसका कारणहरू त खोतल्न सक्नुपर्‍यो नि । जति बलिङ गर्नुपर्ने हो, जति कन्सिस्टेन्ट हुनुपर्ने हो भएनौं र त्यो एरियामा बल फालेनौं, ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्न सकेनौं, फिल्डमा पनि हामी अरू टिमभन्दा कमजोर देखियौं । अरू टिमले त्यो स्ट्यान्डर्ड रेज गरेको देखियो । सिंगापुर, कतार तथा मलेसियाको स्ट्यान्डर्ड हेर्दा पहिलेको तुलनामा राम्रो भएको देखियो, तर हामी जहाँको तहीँ भयौं । त्यसपछाडिको कारण भनेको जबसम्म हामी घरेलु क्रिकेट प्रतियोगिता बढाउँदैनौं भोलि गएर अहिलेका खेलाडीको सट्टामा अर्को खेलाडी कहाँ गएर खोज्ने ? हामीले त्यो खोज्ने झनेको घरेलु क्रिकेटमा हो । घरेलु त्रिकेटमा पनि हामीले जति म्याच खेलेका छौं प्रिमियर लिग यस्तो ठाउँमा भैरहेको छ जहाँको विकेट ब्याटिङका लागि त्यति उपयुक्त छैनन् । त्यसैले तुरुन्ता तुरुन्तै रिप्लेसमेन्ट खोज्दा निश्चय पनि राम्रो जज् गर्न सकिँदैन । डोमेस्टिक क्रिकेटमा राम्रो गरेर पनि राष्ट्रिय टिममा आउन नसकेका एक–दुई जना खेलाडी होलान् । जो डोमेस्टिक क्रिकेटमा ठीकठाक प्रदर्शन गरिरहेका छन् तर क्याम्पमा आएर त्यही किसिमको प्रदर्शन दोहोर्‍याउन सकेका छैनन् । क्वालिटी बलिङको अघि वा क्वालिटी ब्याटिङको अघि आफ्नो स्किल त्यही किसिमले प्रदर्शन गर्न सकेका छैनन् । 

यसलाई अझ स्पष्ट पारिदिनुहुन्थ्यो कि ?

मैले भन्न खोजेको जबसम्म हामीले घरभित्रै उच्चस्तरीय प्रतिस्पर्धा गराउन सक्दैनौं त्यहाँ हामीले आफ्नो तयारीमा भनेजस्तो ध्यान दिन सक्दैनौं । जबसम्म हामी विकेट राम्रो बनाउँदैनौं, नम्बर अफ म्याचेज बढाउँदैनौं तबसम्म यस्तो खाले प्रदर्शनमा हामी फेरि यो खेलाडीको अक्षमता हो भनेरै अघि बढ्छौं । फेरि खेलाडीको असफलतामा तयारी अपुग भनेपछि मैले टिमलाई ब्लेम लगाएको होइन कि, हाम्रो सिस्टम नै यस्तो छ कि हामीलाई तयारीका लागि पूर्ण अवसर दिइँदैन । अहिले अन्डर–१९ को सन्दर्भमा हामीले ४० दिनको तयारी समय मागेका थियौं, तर एसीसीलाई ४० दिन जरुरी लागेन । हामीले भर्खरै दुईवटा प्रतियोगिता खेलेर आएका छौं, वर्ल्डकप क्वालिफायर र अन्डर–१९ इस्टर्न रिजन । किन ४० दिनको तयारी चाहियो बच्चाहरूको परीक्षा हुन्छ, स्कुल हुन्छ त्यसैले त्यति धेरै दिन कसरी स्कुल छुटाउँछन्, १०–१५ दिनको समय पर्याप्त हुन्छ भनियो । यद्यपि हाम्रो देशको क्रिकेट त्यो हिसाबको छैन । प्रत्येक दिन अभ्यास गर्ने ठाउँ छैन । अहिले कीर्तिपुरको अवस्था हेर्दा त्यहाँ खेल्न सक्ने अवस्था छैन । यी सबै कमी–कमजोरी भएकाले हामीलाई तयारीका लागि अलि बढी समय चाहिन्छ भन्ने कुरामा उहाँहरूलाई कन्भिन्स गर्नुपर्ने अवस्था छ । कन्भिन्स गर्दा–गर्दै पनि हामीले ४० दिनको समय माग्यौं भने मुस्किलले २० दिनको समय पाउँछौं । यो समस्या तबसम्म रहन्छ जबसम्म हाम्रो क्रिकेट बोर्ड बलियो हुँदैन, पहिले त बोर्ड बन्नुपर्‍यो, त्यसपछि बलियो रूपमा अगाडि आउनुपर्‍यो अनि मात्र यो खालको कामको कुरा आउँछ । त्यसैले समस्या जरैदेखि छ । 

नेपालको ब्याटिङमा पहिलेदेखि नै प्रश्न उठिरहेको छ । यसलाई कसरी राम्रो बनाउन सकिन्छ ? 

ब्याटिङ भनेको टाइम लाग्ने कुरा हो । फरक कन्डिसनमा ब्याटिङ गर्ने तरिका पनि फरक–फरक हुन्छ । कहीं सजिलो हुन्छ, कहीं अलि गाह्रो हुन्छ, कहीं धेरै गाह्रो हुन्छ । एडजस्ट हुन वा आफूलाई त्योअनुसार मोल्ड गर्न टाइम लाग्छ नै । ब्याटिङ सधैं सहज हुँदैन, यो वा त्यो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न हामीले अझ राम्रो स्किल बनाउनैपर्छ । त्यसबाहेक निरन्तर अभ्यासको आश्यकता छ, जुन हाम्रो क्रिकेटमा हामीले ल्याक गरिरहेका छौं । सिंगापुरको उदाहरण दिने हो भने उ त्यही विकेटमा त्यही ग्राउन्डमा बितेको तीन महिनादेखि क्याम्प लगाएर बसिरहेको छ । त्यसले गर्दा उनीहरूलाई त्यो विकेटमा खेल्न सजिलो भयो । त्यो विकेटको अवस्था, त्यो विकेटको व्यवहार बुझ्न सजिलो भयो, त्यसैले उनीहरूले निर्धक्कसँग खेले । नयाँ टिमले त त्यो विकेट बुझ्न र त्यहाँको अवस्था थाहा पाउन एक्स्ट्रा समय खर्चिनुपर्ने हुन्छ । जबसम्म ब्याटिङलाई समय दिइँदैन, जबसम्म निरन्तर इम्प्रुभको बाटोमा डोर्‍याइँदैन तबसम्म सुधि्रँदैन । यो एउटा प्रक्रिया हो, कुनै पनि ब्याटसम्यान एक–दुई दिनमा त्यत्तिकै राम्रो भएर आउँदैन । अन्तर्राष्ट्रिय क्रिकेटमा पनि केएल राहुलजस्ता ब्याटसम्यानहरू वर्षौदेखि रन बनाइरहेका थिए, तर वर्ल्डकपमा उनीहरूले पनि संघर्ष गरेको देख्यौं हामीले । रोहित शर्मा वान डे क्रिकेटका यति राम्रा ब्याटसम्यान हुन्, जसको जोडी अहिले यो संसारमा छैन भन्दा पनि हुन्छ, तर उनी टेस्ट क्रिकेटमा अझैसम्म जम्न सकेका छैनन् । यो त्यति सजिलो स्किलचाहिँ होइन, यसलाई सुधार्न समय लाग्छ र त्यहीअनुसारको अभ्यासको पनि आवश्यकता पर्छ । त्यो गर्नका लागि अहिलेसम्म हामीसँग उपयुक्त संरचना छैन । 

नेपाली बलिङलाई कसिलो बलिङ मानिन्छ ? सिंगापुरसँगको अन्तिम खेलमा हामी बलिङमा पनि चुक्यौं होइन ? 

अवश्य पनि चुकेका हौं, किनभने १ सय ६० रनसम्म त ठीकै हो । त्यो मैदानको साइज हेर्दा, विकेटमा राम्रो खेलिरहेको देख्दा पारसले पनि १ सय ६० को आँकलन गरेजस्तो लागेको थियो । ३० देखि ३२ रन एक्स्ट्रा बन्यो, १ सय ९२ रनको टार्गेट, पहिलो ओभरदेखि नै १० रनको रनरेटमा खेल्नु कुनै पनि टिमका लागि साह्रै गाह्रो कुरा हो । त्यो दिन कि त हामीले बनाएको योजनाले काम गरेन, हामीले बल फाल्ने भनेको ठाउँ र एरियामा बल फाल्न सकेनौं । कि त हामी जुन एरियामा बल फालिरहेका छौं त्यो मैदानको साइज र प्रतिस्पर्धीलाई सुट गर्ने भएन । यी दुईमध्ये जुनसुकै कारण हुन सक्छ । यहाँ बसेर भन्दा सजिलो लाग्न सक्छ, यस्तो गर्नुपर्ने, उस्तो गर्नुपर्ने, हामीले यो गरेको भए हुन्थ्यो, त्यो गरेको भए हुन्थ्यो, फलानोलाई बलिङ नगराएको भए हुन्थ्यो तर हामी यो पनि सोच्नुपर्छ कि प्रतिस्पर्धी टिमबाट खेल्ने क्रिकेटरहरू पनि राम्रा खेलाडी हुन् । चाहे त्यो अस्ट्रेलियाबाट भर्खरै सिंगापुर आएका टिम्बोथी हुन् चाहे अरू कुनै खेलाडी । उनीहरूले यो प्रतियोगितामा प्रमाणित गरेर पनि देखाए कि उनीहरू फर्ममा भएको टिम हुन् । त्यो दिन हाम्रो बलिङ नचल्नु र उनीहरूको ब्याटिङ राम्रो हुनु दुवैको कम्बिनेसले फरक पार्‍यो । 

अब हाम्रो राष्ट्रिय टिमको ध्यान कता हुनुपर्छ ? 

हारपछि हरेक टिमले अब के गर्ने भनेर बाटो खोज्नुपर्ने हुन्छ । हाम्रो राष्ट्रिय टिमले पनि त्यही गर्छ । आफ्नो प्रदर्शनको रिभ्यु गर्छ, कहाँ चुक्यौं, कहाँनेर हामीले राम्रो गर्न सक्थ्यौं । केही एरिया छन्, जसलाई हामीले सच्याउनुपर्नेछ । हामीले सर्टेन खेलाडीहरूको रिप्लेसमेन्ट पनि खोज्नुपर्ने होला । केही खेलाडीलाई केही एरियामा अझ अपग्रेड गर्नुपर्ने होला । यो सबै कुराको जिम्मेवारी अब म्यानेजमेन्ट स्टाफमाथि आउँछ । क–कसको रिप्लेसमेन्ट जरुरी छ त यो टिममा ? कसलाई कुन एरियामा अझ बढी मेहनत गराउनुपर्नेछ ? म यसमा निश्चित छु कि त्यो कुरा टिमले गरिरहेको होला । आगामी दिनमा हामी त्यसको रिजल्ट पनि देख्नेछौं । 

उफयुक्त संरचना निर्माणका लागि घरेलु त्रिकेटमा हामीले के–कस्ता काम गर्नुपर्छ ? 

वर्षमा एटलिस्ट तीन–चार महिना अर्थात् ३ सय ६० दिनमा १ सय दिनजति राम्रो विकेटका अभ्यास गराउन सक्यौं, तीन–चार महिना लिग चलाउन सक्यौं, जहाँ खेलाडीहरू तीन–चार महिनासम्म आफ्नो प्रदर्शन देखाउन पाउन त्यसले प्रशिक्षक र छनौट समितिलाई पनि एउटा खेलाडीको निरन्तर प्रदर्शन हेरेर छनौट गर्न सहयोग पुर्‍याउँछ । अहिले कुनै खेलाडीले हार्ड्ली घरेलु क्रिकेटमा ५–६ वटा इनिङ खेलेको हुन्छ, त्यसमध्ये एउटामा रन बनाउने बित्तिकै यसले एक म्याचमा ८० रन बनाएको छ यो टिममा पर्नुपर्छ भनेर अपेक्षा गर्छौं । यदि १०–१५ वटा म्याच भए भने त्यसमा कसैले ५–६ वटा इनिङ खेल्यो भने त्यो एउटा राम्रो नम्बर हो । १० मा ५–६ वटा इनिङ राम्रो खेलेको छ भने उसको छनौट भरपर्दो पनि हुन्छ, तर अहिले त हामी बढीमा कुनै पनि ब्याटसम्यानले खेलेको ५–६ इनिङ हेर्छौ र त्यसैका आधारमा छनौट गर्छौं । 

नेपालको क्रिकेट गभर्निङ बडी नेफाल क्रिकेट संघ (क्यान) लामो समयदेखि निलम्बनमा छ । त्यसले हाम्रो त्रिकेटमा कस्तो असर गरिरहेको छ ? 

जसले जेसुकै भने पनि तीन वर्षयता नेपाली क्रिकेटलाई यथास्थितिबाट तल झर्न नदिन मात्र काम भैरहेको छ । आईसीसीको उद्देश्य पनि अहिलेको यो अवस्थाबाट तल नआओस् भन्ने हो ताकि बोर्ड आएफछि क्रिकेटलाई यहाँबाट माथि लान धेरै गाह्रो नहोस् । यदि तीन–चार वर्षमा केही व्यत्तिले प्रयास गरेर यसलाई यथास्थितिमा नराखेको भए नेपाली क्रिकेट थप समस्यामा पर्थ्यो । अहिले जिम्बाबेको क्रिकेट निलम्बनमा पर्नेबित्तिकै महिला विश्वकप टी–२० क्वालिफायर खेलिरहेको छैन । अब उसले आइसीसीको कुनै पनि इभेन्ट खेल्न पाउँदैन । यस्तो खालको अवस्था नेपालको पनि आउँथ्यो, तर नेपालमा केही व्यक्तिले आफ्ना तर्फबाट भोलिन्टियर्ली हामी यसलाई यही स्तरमा कायम राख्न मद्दत गर्छौं भनेर लागिरहेकाले नेपाली क्रिकेट अहिले तल नझरेर त्यही अवस्थामा अर्थात् यथास्थितिमा छ । क्रिकेट एसोसिएसन छिटोभन्दा छिटो बनिदिएको भए, आज किन तीन वर्ष पहिले नै बनिदिएको भए यो एक–दुई वर्षमा अपकमिङ प्लेयरहरूले जुन अवसरहरू गुमाए, त्यो गुमाउनुपर्ने थिएन । हामी अझ राम्रो हुन्थ्यौं, हामीले अझै राम्रो तयारी गर्न पाउँथ्यौं । त्यसकारण नेपाली क्रिकेटले सबैभन्दा ठूलो घाटा बोर्ड नभएकै कारण बेहोरेको छ । 

नेपाली क्रिकेटमा लामो समयदेखि आबद्ध हुनुहुन्छ । क्यानको विवाद कसरी हल गर्न सकिन्छ ? 

यो निर्वाचनको प्रक्रियामा गैसकेको छ । म पनि क्रिकेट खेलाडीका रुपमा प्रत्यक्ष इन्भल्ब थिए, अहिले प्रशिक्षकका रूपमा छु । क्रिकेटको प्रशासनिक क्षेत्रमा म कतै पनि सहभागी छैन, पहिले पनि र अहिले पनि । मेरो विशुद्ध इच्छाचाहिँ के हो झने क्रिकेटसँग सम्बन्धित व्यत्तिका रूपमा विवाद होलान, हरेक ठाउँमा छ । संसारका सबैतिरका क्रिकेट बोर्डमा विवाद छन्, एउटै पोस्टका लागि १० जना दाबेदार भए भने त्यहाँ विवाद हुनु स्वभाविक हो । यहाँ पनि छ त्यो कुरा, तर मूलझूत कुरा क्रिकेट र त्रिकेटको विकास हुनुपर्‍यो तरिका जुनसुकै भए पनि । मैले लिएको बाटो ठीक होस् वा अरूले लिएको बाटो ठीक होस्, गन्तव्य क्रिकेटको विकास नै हो भने हामीबीचमा तरिकालाई लिएर मतभेद हुन सक्छ, तर क्रिकेटको विकास नै रोक्ने गरी मतभेद हुनु हुँदैन । नेपाली क्रिकेटको विकासको बाटो स्पष्ट गर्न तीन वर्ष लाग्छ जस्तो मलाई लाग्दैन । म मात्र गर्न सक्छु, मबाहेक अरू कसैले पनि गर्न सक्दैन भन्ने सोचले क्रिकेटको विकास रोकिइरहेको छ । म भए मात्र चल्छ, नत्र चल्दैन भन्ने सोच बेठीक छ । 

प्रकाशित :श्रावण २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×