साप्ताहिक संवाददाता
एनटिभी प्लसबाट प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘कुरा मात्र भो’ अब नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । यसअघि शुक्रबार प्रसारण हुँदै आएको उक्त श्रृंखला यही सातादेखि प्रत्येक शनिबार राती ८ः३० बजेदेखि प्रसारण हुन थालेको हो । ११ भाग प्रसारण भैसकेको यो श्रृंखलाको निर्देशन अर्जुन गौतमले गरिरहेका छन् ।
सामाजिक तथा समसामयिक विषयवस्तु समेटिएको श्रृंखला कुरा मात्र भो युट्युबमा जेसिका इन्टरटेन्मेन्ट च्यानलमा समेत हेर्न सकिन्छ ।
यो श्रृंखलामा उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाईं, सानु घायल, रामप्रसाद महर्जन, सत्यदेवि थापा, रितु लामा, जयराम सापकोटा, ग्याम्जो लामा तामाङ, रामचन्द्र थापामगर, विकास यादव, राजु झकास, वीरबल घले, धर्म भण्डारी, धर्मराज भट्टराई, भोला अधिकारी, लक्षु बस्नेत, सुमित्रा रिमाल, प्रनिशा कार्की, कपिल देवकोटा, रविन तामाङ, हरीकृष्ण भण्डारी, राजु श्रेष्ठ, सन्तोष पाण्डे, जनकराज जोशी आदि कलाकारले अभिनय गरिरहेका छन् ।