साप्ताहिक संवाददाता
यूट्युबमा नयाँ–नयाँ तीजका गीत अपलोड हुन थालेपछि शहरमा विस्तारै तीजको रौनकले छोप्न थालेको छ । तीज लक्षित विभिन्न समारोह समेत आयोजना हुन थालिसकेका छन् । तीजले चलचित्रकर्मीलाई व्यस्त समेत बनाउन थालेको छ । काठमाडौंमा तीजकै एउटा गीतको म्युजिक भिडियो सार्वजनिक समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले तीज प्रतिको आफ्नो आशक्ति व्यत्त गरिन् ।
गीतकार अमर बान्तु तथा गायिका सहिमा श्रेष्ठको तीज गीत ‘हर हर महादेव’ को प्रिमियर समारोहमा सहभागिता जनाउने क्रममा अभिनेत्री निरौलाले यसपटक आफूमा महादेवको दृष्टि पर्न सक्ने सम्भावना व्यक्त गर्दै भनिन्—‘गीतमा गायिका श्रेष्ठले व्यक्त भएको भावना झैं यसपटकको तीजमा मेरो पनि केही हुने हो कि ?’
उक्त गीतमा गायिका श्रेष्ठले यसपटकको तीजमा वर पाउने आशा व्यक्त गरेकी छिन् । त्यसैले पनि समारोहमा उपस्थित केही अतिथिले दीपाश्रीलाई अर्कोपटकको तीजमा जोडीसहित देख्न पाइयोस् भन्ने शुभकामना समेत दिएका थिए ।