साप्ताहिक संवाददाता
श्रावण २०, २०७६
चलचित्र ‘सेल्फि किङ’ बन्ने भएको छ । यो चलचित्रमा अभिनेता विपिन कार्की र कलाकार लक्ष्मी बर्देवा जोडीका रुपमा प्रस्तुत हुने भएका छन् ।
यो चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । अमेरिकाबाट चलचित्र निर्माणको अध्ययन गरेर आएका सापकोटाको यो डेब्यू निर्देशन हुनेछ । यो चलचित्रलाई ‘प्रसाद’ का निर्देशक र निर्माता दिनेश राउत र सुवास दिनेश राउत संयूत रुपमा निर्माण गर्ने छन् ।
चलचित्र कमेडी जनरामा बन्ने बताइएको छ । चलचित्रको कथा कमेडियन टीभी आर्टिस्ट (सेल्फि किङ) को जीवनमा घट्ने एक घटनामा आधारित रहने बताइएको छ ।
चलचित्र यहि भदौको पहिलो साताबाट छायांकनमा जाने छ । चलचित्रमा २ अभिनेत्री रहने बताइए पनि अर्की अभिनेत्रीको नाम भने सार्वजनिक गरिएको छैन् ।