साप्ताहिक संवाददाता
अहिले वर्षाको सिजन छ जसलाई रोमान्टिक सिजनका रूपमा लिइन्छ । कंक्रिटको जंगलमा परिणत हुँदै गएको काठमाडौंमा रिमझिम झरीको आनन्द उठाउन त्यति सहज छैन । अग्ला र अव्यवस्थित भवनहरू मनमोहक झरीमा रमाउने कुराको बाधक बनिरहेका छन् ।
त्यसैले काठमाडौंमा निस्फिक्री झरीको मज्जा उठाउन पनि खुल्ला ठाउँ खोज्दै हिँड्नुपर्ने बाध्यता छ । घरबाटै झरी हेर्ने रहर सबै ठाउँमा पूरा हुन सक्दैन । त्यसैले झरीको आनन्द उठाउन कुनै व्यवस्थित ठाउँको खोजीमा निस्कनुपर्छ ।
त्यसका लागि रमाइला गन्तव्य हुन सक्छन्— काठमाडौंमा भएका बार्दली क्याफेहरू । अझ झरी र खानपिनको आनन्द सँग–सँगै उठाउन सकिने भएकाले बार्दली क्याफेहरू झरीप्रेमीहरूका लागि थप उपयोगी हुन सक्छन् । साप्ताहिकले वर्षाको रिमझिम झरीसँगै खानपिनको आनन्द उठाउन सकिने केही त्यस्तै रेस्टुराँको खोजी गरेको छ ।
लेकाली किचन एन्ड कटिया
हाउस, सिनामंगल
बाजेको सेकुवा, बत्तीसपुतली
ब्रिंक्स क्याफे, कुपन्डोल
एटिक रेस्टुराँ, ज्ञानेश्वर
चियापान, बालुवाटर
सिद्धार्थ कटेज, धोवीघाट
दरबार स्क्वायर रेस्टुराँ
ख्वप छेँ गेस्ट रेष्टुराँ, भक्तपुर
लया लायकू किचन, पाटन
भेटघाट रेस्टुरेन्ट, अनामनगर
चिकेन स्टेसन, मध्यबानेश्वर
टाइम्स स्क्वायर, बालुवाटार