साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमका बीच ‘मारुनी’को ट्रेलर रिलिज गरिएको हो ।
ट्रेलरमा प्रेम, विछोड र द्वन्द्वलाई देखाइएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्कालाई प्रस्तुत गरिएको छ । नवल नेपालले निर्देशन गरेको चलचित्रको कथा गोविन्द फुयाँल र नवल नेपालले लेखेका हुन् ।
यो चलचित्रमा साम्राज्ञी शाह, पुष्प खड्का, रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । सार्वजनिक ट्रेलरले चलचित्रको कथा प्रेम र बदलामा केन्द्रित रहेको प्रष्ट पारेको छ ।
ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री साम्राज्ञीले आफ्नो करियरमा मरुनीले महत्वपूर्ण अर्थ राख्ने विश्वास व्यक्त गरिन् । चलचत्रिमा उनलाई अहिलेसम्मकै भिन्न भूमिकामा देख्न सकिने निर्माण टिमको दाबी छ ।
यस्तै, अभिनेता पुष्प खड्काले कन्टेन्ट लक्षित चलचित्र निर्माण भएको भन्दै दर्शकले भरपुर मनोरञ्जन लिन सक्ने बताए । पुनम गौतम इन्टरटेनमेन्टले निर्माण गरेको यो चलचित्र भदौ १३ गते रिलिज हुनेछ ।
चलचित्रको ट्रेलर :