नयाँ बाइक : क्रसफायर जीआर–७

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७६

क्रसफायरको नयाँ बाइक जीआर–७ कच्ची तथा पक्की दुवै प्रकारका सडकमा गुडाउन मिल्ने गरी डिजाइन गरिएको छ । यो बाइकमा २ सय ४९ दशमलव ६ सीसी क्षमताको कम्प्याक्ट इन्जिन जडान गरिएको छ, जसले ३० दशमलव १५ एचपी पावरका साथै २३ एनएमको उच्चतम टर्क जेनरेट गर्छ ।

डबल रेडिएटर, एयर सर्कुलेटिङ रेडियटर कभर तथा एसिस्टिङ फ्यानसहितको लिक्विड कुल्ड इन्जिन जडान गरिएको हुँदा यसले अधिकतम तापलाई समेत सजिलै मेन्टेन गर्न सक्छ ।

यो बाइकमा विशेष प्रकारको फ्रेम प्रयोग गरिएको छ, जुन एकदमै हलुका र बलियो छ । आरामदायक यात्रालाई मध्यनजर गरी यसको सिट पोजिसन उत्कृष्ट तवरले मिलाइएको छ । त्यसैगरी यो बाइकमा आधुनिक प्रविधिको सस्पेन्सन र सक प्रयोग गरिएको छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने बाइकको तौल १ सय १५ केजी छ ।

नेपालस्थित आधिकारिक विक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले यो बाइक विक्री–वितरण गरिरहेको २ सय ५० सिसी क्षमताको यो बाइकको मूल्य ५ लाख १९ हजार रुपैयाँ पर्छ । 

प्रकाशित :श्रावण २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्