साप्ताहिक संवाददाता
श्रावण २१, २०७६
लोकदोहोरी गायक नविन पौडेल र गायिका पूर्णकला बिसीको आवाजमा ‘बोल्नु पर्छ ओई’ नामक तिज गीत बजारमा आएको छ । दिग्गज धौरालिको शब्द रहेको गीतमा बिष्णु प्रसाद घिमिरेले संगीत भरेका छन् भने कृष्ण बिकको संगीत संयोजन रहेको छ ।
सार्वजनिक गीतको म्यूजिक भिडियो शंकर बिसीको निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलले छायांकन गरेका छन् । नबिन घर्ती मगरद्वारा सम्पादन गरिएको भिडियोमा मोडेल रिना थापा मगर र निर्देशक बिसिले अभिनय गरेका छन् ।
हरेक बर्ष मौलिकतालाई अंगाल्दै विभिन्न खालका तिजका तथा लोकदोहोरीका गीत बजारमा ल्याई राख्ने गायक पौडेलले यस बर्ष पनि नजिकिदै गरेको तिजको छेको पारेर मौलिक परिवेशमा यस गीत बजारमा ल्याएको जानकारी दिए ।
गीतको म्यूजिक भिडियो :