साप्ताहिक संवाददाता
विगतमा काठमाण्डौं केन्द्रित हुँदै आएको गाईजात्रा विशेष कार्यत्रम यो बर्ष उपत्यका बाहिर बिभिन्न प्रदेशमा आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिले सिग्नेचर प्रदेश प्रदेशमा गाईजाक्रा नाम दिइएको कार्यत्रम १० दिनको हुनेछ । कार्यक्रम प्रदेश नम्बर १ को बिराटनगरमा यही श्रावण ३१ गतेबाट शुरु भएर धनगढीहुँदै काठमाण्डौमा अन्त्य हुनेछ ।
कार्यक्रममा प्रख्यात हाँस्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग),
रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा
(काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतको प्रस्तुती रहनेछ ।
कार्यक्रमको बारेमा मनोज गजुरेल भन्छन्, ‘गाईजात्रा सिङ्गो देशको पर्व हो त्यसैले यसलाई देशैभरी लैजाने प्रयास गरिएको हो । बिकृती र बिसङगती जता जता हुन्छ, हास्यब्यङ्ग्य त्यता त्यता जान्छ । हाँस्न पाउनु सबै नेपालीको अधिकार हो । अतः हामी गाईजात्रा देशभरी गर्दैछौं ।’
त्यसैगरी चर्चित हास्यकवि शैलेन्द्र सिम्खडाले ब्यङ्ग्यात्मक शैलीमा भने,
‘राजनीतिले बाँडेको छ सात प्रदेशमा यो देश,
संस्कृतिले जोडेको छ हिमाल, पहाड, मधेश,
विकाश जान ढीला भयो सिमेन्ट, पाइप, डण्डी, अलकत्रा,
संस्कृतिले पाइला सार्यो प्रदेश प्रदेशमा गाईजात्रा ।’
ब्राण्डवर्थ प्रा.लि.ले आयोजना गर्ने यस कार्यक्रमको अनलाईन पार्टनर नबवगचझब।िअय रहेको छ । यस्तै, जेसिस र लायन्स क्षेत्रीय आयोजक रहेका छन् । त्यसैगरी सिमरामा होटेल तथा पर्यटन व्यवसायी संघ, सिमरा, र सिमरा फाउण्डेशन सहआयोजक रहेका छन् । कार्यक्रमको मुख्य प्रायोजक सिग्नेचर हृवीस्की रहेको छ । यस्तै, बाबा गोल्ड सनफ्लावर तेल एवम् जेजे ज्वेलर्स सह–प्रायोजक रहेको छ ।
कार्यक्रमबाट मुलुकभरका ५ हजारदेखि ७ हजार दर्शकले प्रत्यक्ष रुपमा मनोरञ्जन प्राप्त गर्ने अपेक्षा रहेको आयोजक ब्राण्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए ।