साप्ताहिक संवाददाता
लोकप्रिय टेलिश्रृंखला ‘भद्रगोल’ को प्रशारण फेरी बन्द भएको छ । उल्लेख्य दर्शकका साथ लामो समयदेखि प्रशारण भैरहेको यो सिरियल केहि हप्तादेखि टेलिभिजन तथा युट्युवका दर्शकले हेर्न पाएका छैनन ।
भद्रगोल निकट एक चलचित्रकर्मी भन्छन्, ‘आन्तरिक रुपमा केहि समस्या उत्पन्न भएपछि सिरियल प्रशारण गर्न नसकिएको हो, आशा छ यो चाँडै प्रशारण हुनेछ ।’ अहिले भद्रगोल प्रशारण गर्ने मिडियाहवले भद्रगोल टिमसँग सम्झौता गरेको छैन । समयमै सम्झौता नभएपछि सिरियल छायांकन समेत भएको छैन ।
त्यसो त यसअघि पनि आर्थिक पाटोको विषयमा कुरा नमिलेपछि भद्रगोलको प्रशारण पटक–पटक रोकिएको थियो । भद्रगोल अहिलेको सर्वाधिक लोकप्रिय टेलिश्रृंखला समेत बन्न सफल भएको छ । यो सिरियल हरेक हप्ता टे«न्डिङमा आउने गरेको थियो ।
भद्रगोलका निर्देशकमध्येका एक अर्जुन घिमीरेले भने, ‘यो न मिडियाहवको दोष हो, न हाम्रो । सकेसम्म चाँडै प्रशारण गर्ने योजना भैरहेको छ ।’ नयाँ आर्थिक बर्षसँगै हिसाव किताव मिलाउन समय लागेको र टेलिभिजनमा केहि समस्या देखिएका कारण समयमै यो प्रशारण नभएको उनको भनाई छ । भद्रगोल बन्द भएको होइन, उनले थपे, ‘सामान्य केहि कारणले रोकिएको हो तर सधैका लागि रोकिएको होइन ।’