साप्ताहिक संवाददाता
श्रावण २१, २०७६
शुक्रबार सार्वजनिक भएको विवादास्पद चलचित्र खानदानी शफाखानाका कारण अभिनेत्री सोनाक्षी सिन्हा तनावमा छिन् । चलचित्र रिलिज हुनुपूर्व दिल्लीको उच्च अदालतले दिल्लीकै एक यौनविज्ञ विजय एबोटको जाहेरीमा उक्त चलचित्र सार्वजनिक हुनुअघि एबोटलाई देखाउनु भन्ने आदेश जारी गरेपछि सोनाक्षी तनावमा परेकी हुन् ।
एबोटको दावी छ– उक्त चलचित्रको मुख्य पात्र एबोटकै जीवनमा आधारित छ । यता खानदानी शफाखानाकी निर्देशक शिल्पा दासगुप्ताले एबोटको दावीलाई खारेज गरेकी छिन् । खानदानी शफाखाना भारतमा व्याप्त पुरुषहरूको यौन कमजोरीको उपचार गर्ने खानदानी वैद्यखानाहरूमा हुने गतिविधिमा आधारित रहेको बताइन्छ ।