साप्ताहिक संवाददाता
श्रावण २२, २०७६
सन् २०१२ को सफलतम चलचित्र अग्निपथमा खलनायकको भूमिकामार्फत फिल्म फेयर एवार्ड जितेका सञ्जय दत्त एकपटक फेरि खलनायकको भूमिकामा प्रस्तुत हुने भएका छन् ।
यसपटक सञ्जयलाई दक्षिण भारतका निर्देशक प्रशान्त निलले आफ्नो अपकमिङ चलचित्र केजीएफ च्याप्टर–२ मा खलनायकका रूपमा प्रस्तुत गर्न लागेका हुन् । उक्त चलचित्रमा सञ्जयले अधिरा नामक खलनायकको भूमिका निर्वाह गर्ने बताइएको छ ।
केजीएफ च्याप्टर–२ सन् २०१८ मा सार्वजनिक भएको केजीएफको सिक्वेल हो जसले बक्स अफिसमा शाहरूख खानको जिरोलाई लडाएको थियो ।