साप्ताहिक संवाददाता
श्रावण २२, २०७६
गायक रुद्रसेन बिश्वकर्मा मैथिली गीतका साथमा बजारमा आएका छन् । कयौं मैथिली तथा नेपाली गीत गाईसकेका सेनले ‘कलियुग के खेल’बोलको गीत सार्वजनिक गरेका हुन् । उनको ‘दिवानी’ नामक एल्बमा समावेश सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ ।
गायक सेनकै शब्द संगीत रहेको गीतमा विनय केटुले संगीत संयोजन गरेका छन् । दीपक गिरीले छायांकन गरेको गीतको म्यूजिक भिडियोमा प्रदीपकुमार रसाइलीको कोरियोग्राफी तथा निर्देशन रेको छ । म्यूजिक भिडियोमा समिता गिरी र सरोज यादवले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियो निरकुमारी विश्वकर्माले निर्माण गरेकी हुन् ।
गीतको म्यूजिक भिडियो :