साप्ताहिक संवाददाता
नेपाली सिने क्षेत्रमा भाग्यमानी कलाकारका रुपमा लिने गरिन्छ अभिनेत्री– साम्राज्ञी राज्यलक्ष्मी शाहलाई । तर, चलचित्रमा जति सफल छिन् त्यती दर्शकको माया भने पाउन सकेकी छैनन् साम्राज्ञीले । पछिल्लो पटक उनी सामाजिक सञ्जालबाट सार्वजनिक भएका तस्बिरका कारण निक्कै आलोचन खेपिन ।
त्यहि आलोचनाको क्रम उनले अभिनय गरेको चलचित्र ‘मारुनी’को ट्रेलरमा पनि देखियो । ट्रेलरलाई लिएर उनका अभिनेता पुष्प खड्काको प्रसंशा हुदा उनी भने आलोचना खेपिरहेकी छिन् । यहि गालीलाई लिएर उनी अहिले तनावमा रहेको जानकारहरु बताउँछन् ।
प्रेमीसँगको बिकिनीसहितको पोजका तस्बिर सार्वजनिक ताकानै साम्राज्ञीले आवेशमा आएर आफूलाई गाली गर्नेहरुलाई उनले आवेगमा ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भन्दै इन्स्टाग्राममा लेख्न समेत भयाईन् । सोही कुराले पनि उनलाई अझैं बढी गाली गर्नेको लर्को लाग्यो ।
पछिल्लो पटक पनि आफ्ना कुरा राख्न साम्राज्ञीले इन्स्टाग्रामकै साहारा लिएकी छिन् । उनले एउटा भिडियो पोष्ट गर्दै ‘यति धेरै घृणा किन ?’ भनेर प्रश्न गर्दै लेखेकी छिन् ‘राम्रो काम गर्न छोडी अरुको कुरा काटेर आफ्नो समय फाल्नेहरुसँग म माफी चाहान्छु । साँच्चै, मान्छेले किन यति धेरै घृणा गर्छन् ? अरुको अनुहारमा हाासो देख्न नपाएर के पाउनु भयो ? मलाई यो कुराबाट छुटकारा चाहिएको छ ।’