साप्ताहिक संवाददाता
आउँदो भदौ ६ गतेलाई प्रदर्शन मिति तोकेर प्रचारमा रहेको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रको ट्रेलर बुधबार राजधानीमा एक कार्यत्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । २ मिनेट १ सेकेण्ड लामो सार्वजनिक ट्रेलरले चलचित्रमा बदलाको कथा समेटिएको प्रष्टाएको छ ।
यो चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिने छिन् । ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा चलचित्रप्रति कौतुहलता बढाउने छ । चलचित्रको ट्रेलरमा अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि ध्यान खिच्ने छ ।
‘जाइरा’मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलार्ई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ ।
जाइराको ट्रेलर :