साप्ताहिक संवाददाता
युवतीहरूले आफ्ना पुठ्ठा आकर्षक बनाउन सके त्यसले ल्यामर मात्र नबढाएर आम्दानी समेत बढाउन सहयोग गर्छ भन्ने कुराको उदाहरण ब्राजिलकी नातालिया गारिबोटो पनि हुन् । महिलाहरूले आफूलाई आकर्षक देखाउन व्यायाम गर्नेदेखि लिएर नियमित जिम जानुपर्छ भनेर सजग गराउन इन्ष्टग्राममा फोटो अपलोड गर्दै आएकी नातालियाको त्यही काम अहिले आम्दानीको दरिलो स्रोत भएको छ ।
जिममा कसरत गरेका आफ्ना तस्बिर आकर्षक ढंगले प्रस्तुत गर्दै आएकी नातालियाले जिम गर्न थालेपछि आफ्नो शरीर कत्तिको आकर्षक भयो भन्ने कुरा दर्शाउन तस्बिर पनि अपलोड गर्न थालिन् । उनको आकर्षक शरीर हेर्न चाहनेहरू इन्स्टाग्राममा ह्वात्तै बढे पनि । माग बढ्दै गएपछि उनीप्रति विभिन्न व्यापारिक कम्पनीको आकर्षण समेत देखापर्यो जसका कारण अहिले कुनै कम्पनीले एउटा फोटो पोष्ट गर्न आग्रह गरे नातालिया प्रतिपोस्ट ५ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिन्छिन् भने उनको वार्षिक आम्दानी ३ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन थालेको छ ।
२६ वर्षीया नातालियाको आकर्षक शरीर हेर्न १३ लाखभन्दा बढीले उनलाई फलो गरेका छन् । उनको आकर्षक पुठ्ठाले बढाएको यो आम्दानीमा विविधता समेत आउन थालेको छ । नातालियाका फलोअर्सहरू अहिले उनले नुहाएको पानीसम्म किन्न लालायित देखिन्छन् । इन्स्टाग्राममा त्यत्तिकै झुम्मिनेभन्दा पनि स्मार्ट रूपमा कारोबार गर्न सके आफूलाई आर्थिक लाभ हुनुका साथै अरूलाई प्रेरणा समेत मिल्ने नातालियाको तर्क छ ।