साप्ताहिक संवाददाता
श्रावण २४, २०७६
गायिका कोपिला गौतम तीज गीत ‘आमाले पकाएको दर’ लिएर बजारमा आएकी छिन् । यसअघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिइसकेकी कोपिलाले यसपालिको तीजका आमाले पकाएको दर राम्रो ल्याएकी हुन् ।
‘आमाले पकाएको दर’ गीतमा गोविन्द मधुर आचार्यले संगीत दिएका छन् भने संगीत संयोजन पनि आचार्यकै रहेको छ । गीतको शव्द लोकराज अधिकारीले लेखेका हुन् ।
यस गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठको छायाङ्कन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतमा गायिका स्वयम् र चाहना राना मगरले नृत्य गरेका छन् ।
गीतको म्यूजिक भिडियो :