साप्ताहिक संवाददाता
आगामी चैत २८ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘प्रेम गीत ३’ यस बर्षको बहुप्रतिक्षित चलचित्र हो । निर्माण टिमले भर्खरै सातजना कलाकारलाई इन्ट्रि गराएसँगै चलचित्रका लागी कलाकारको टिम पुर्ण बनेको छ ।
पश्चिम वुटवलका चर्चित बालकलाकार क्रिजन गौतमसहित माओत्से गुरुङ, जिवन भट्टराई, लक्ष्मी बर्देवा, जिवन बराल, शिशिर राणा, योगीता खत्रीलाई अनुबन्ध गरेसँगै चलचित्रका लागी कलाकारको टिम पुर्ण बनेको हो । उनिहरुलाई यसै हप्ता साइन गराइएको हो ।
चलचित्रका निर्देशक छेतेन गुरुङले भने, ‘चलचित्रका लागी आवश्यक महत्वपुर्ण कलाकारलाई साइन गराएपछि कलाकार छान्ने प्रक्रिया सकिएको छ, अव हामी वर्कशपमा ब्यस्त हुनेछौं ।’
चलचित्रको स्क्रिप्टको काम सकिएको छ । कलाकारको टिम पुर्ण बनेको छ । अब केहि समय कलाकारहरुलाई वर्कशपमा राख्छौं, निर्माता सन्तोष सेनले भने, ‘१ महिनाको हाराहारी वर्कशपमा राखेपछि चलचित्रको घोषणा गर्ने तयारी छ ।’ यसअघि छानिएका कलाकारहरु भने वर्कशपमा गइसकेको निर्माता सेनले बताए । उनले आधिकारिक रुपमा चलचित्रको घोषणा भने केहि महिनाभित्रै गरिने जानकारी दिए । उनले थपे, ‘हाम्रो टिममा सोचेजस्तै र भनेजस्तै कलाकारलाई इन्ट्रि गराएका छौं ।’
यस्तो छ पुर्ण टिम
निर्देशक : छेतेन गुरुङ, सन्तोष सेन
निर्माता : सन्तोष सेन
मुख्य कलाकारहरु : प्रदीप खड्का, शिव श्रेष्ठ, सुनील थापा, क्रिस्टिना गुरुङ, मनिष राउत, पुष्कर कार्की, सन्तोष सेन, प्रेम पुरी, लक्ष्मी वर्देवा, माओत्से गुरुङ, जिवन वराल, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाहि, शिशिर राणा, जिवन भट्टराई, योगीता खत्री ।